शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतबाट ल्याइएका वृद्धको क्वारेन्टिनमा लैजाँदालैजाँदै मृत्यु

भारतबाट ल्याइएका वृद्धको क्वारेन्टिनमा लैजाँदालैजाँदै मृत्यु

भारतको झुलाघाटबाट उद्धार गरी ल्याइएका एक नेपालीको बैतडीमा हिँड्दाहिँड्दै मृत्यु भएको छ।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

काठमाडौं- भारतको झुलाघाटबाट उद्धार गरी ल्याइएका एक नेपालीको बैतडीमा हिँड्दाहिँड्दै मृत्यु भएको छ।

बैतडीको पुर्चौंडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको शनिबार बिहान ६ बजे क्वारेन्टिनमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले

जनाएको छ। लकडाउन अघि उपचारका लागि भारतको पिथौरागढ गएका लुहार लकडाउनका कारण उतै थुनिएका थिए।

नाका खुलेपछि घर फर्किएका उनको हिड्दाहिड्दै अचानक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीराम पाण्डेले जानकारी दिए।

कोरोनाको कुनै लक्षण नदेखिए पनि मृतक लुहारको स्वाब परीक्षणका लागि धनगढी पठाइएको छ। उनीसँगै आएका अन्यलाई छुट्टै क्वारेन्टाइनमा राखिने भएको छ।

महाकाली पारि अलपत्र परेका २ हजार ६ सय नेपालीको उद्धार गरिएको थियो। लुहार पनि त्यसैमा थिए।

प्रकाशित: May 02, 2020| 14:07 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।