शनिबार, भदौ ६, २०८३

कविताबाट सरकारलाई जनार्दन शर्माको झटारो

सत्तारुढ नेकपाका नेता एवम् पूर्व मन्त्री जनार्दन शर्माले सरकारलाई कवितामार्फत झटारो हानेका छन्।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

काठमाडौं- सत्तारुढ नेकपाका नेता एवम् पूर्व मन्त्री जनार्दन शर्माले सरकारलाई कवितामार्फत झटारो हानेका छन्।

सरकारले देशलाई लकडाउन गरेको मात्र नभई आफ्नै विवेकमा लकडाउन गरेको आशयको कविता लेख्दै शर्माले सरकारमाथि प्रहार गरेका हुन्।

कवितामा शर्माले देशलाई लकडाउन गरेको, श्रमिकको पसिना लकडाउन गरेको मात्र नभई आफ्नो विवेकमै लकडाउन गरेको भाव प्रकट गरेका छन्।

यस्तो छ शर्माको कविता

देशलाई गर्‍याै लकडाउन

जनतालाई भन्यौ लकडाउन

भोकाको पेट लकडाउन

श्रमिकको पसिना लकडाउन

रोगीको रोग लकडाउन

किसानको खेती लकडाउन

खयर यतिसम्म त ठिकै मानौँ,

तर मलाई आश्चर्य लाग्छ

तिम्रो हेर्दा विवेकमै लकडाउन।।

 

शुक्रबार अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन प्रधानमन्त्री ओलीले अब कोही भोकै बस्नु नपर्ने र देश कायापलट भइसकेको आशयको कविता लेखेका थिए। 

प्रकाशित: May 02, 2020| 13:53 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।