शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँकेका कोरोना संक्रमित पुरुषका परिवारसहित ५५ जनाको पीसीआर टेस्ट गरिँदै

बाँकेका कोरोना संक्रमित पुरुषका परिवारसहित ५५ जनाको पीसीआर टेस्ट गरिँदै

बाँकेका कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरुषको सम्पर्कमा आएका व्यक्तिहरूको आज (शनिबार) थ्रोट स्वाब परीक्षण (पीसीआर टेस्ट) गरिँदैछ।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७


काठमाडौं– बाँकेका कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरुषको सम्पर्कमा आएका व्यक्तिहरूको आज (शनिबार) थ्रोट स्वाब परीक्षण (पीसीआर टेस्ट) गरिँदैछ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धिरजंग शाहका अनुसार कोरोना संक्रमितको सम्पर्कमा आएका ५५ जनालाई स्वाब परीक्षण गरिँदैछ। तीमध्ये ८ जना उनका परिवारका सदस्य छन् भने बाँकी छिमेकी र आफन्त रहेको बताइएको छ। ती सबैको भेरी अञ्चल अस्पतालमा थ्रोट स्वाब परीक्षण गरिनेछ।

“कन्ट्याक्ट ट्रेसिङ गर्दा कोरोना संक्रमित पुरुषसँग ५५ जना सम्पर्कमा आएको देखिएको छ,” उनले भने। कोरोना संक्रमितको स्रम्पर्कमा आएकाहरूको परीक्षणपछि के गर्ने भन्नेबारे छलफल भइरहेको उनले बताए।

बाँकेका ६० वर्षीय पुरुषलाई शुक्रबार कोरोना संक्रमण देखिएको थियो। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरूको खोजी गरिएको थियो।

अहिले उनी खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा छन्।

 

प्रकाशित: May 02, 2020| 14:01 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।