शनिबार, भदौ ६, २०८३

फुङलिङमा आगलागी हुँदा १२ घरटहरा नष्ट

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको पुरानो बैंकलाइनमा आगलागीबाट कम्तीमा १२ घरटहरा जलेका छन्।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

काठमाडौं- ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको पुरानो बैंकलाइनमा आगलागीबाट कम्तीमा १२ घरटहरा जलेका छन्। शुक्रबार राति ११ बजे भण्डारी खाजाघर छेउबाट सल्किएको आगोले नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको घरसम्म जलेको छ।

फुङलिङ र फिदिम नगरपालिकाको दमकल, जेसीभी, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको समन्वयमा शनिबार बिहान आगो निभाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।

आगोले जलेर स्थानीय खड्ग थापा, भट्टराई चिया पसल, खेम केसी, सरस्वती बुक एन्ड स्टेसनरी, नेत्र कार्कीलगायतका घर नष्ट भएका छन्।

आगाले कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए। ग्यास लिक भएर आगो सल्किएको अनुमान गरिएको छ।

 

प्रकाशित: May 02, 2020| 11:53 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।