मंगलबार, असार ३०, २०८३

हाल्यान्डले दिए नेयमारलाई धन्यवाद

पहिलो लेगमा एर्लिङ ब्रुट हाल्यान्डले दुई गोल गर्दै डर्टमन्डलाई जिताएका थिए। गोलसँगै उनले मेडिटेसन (योग सेलिब्रेसन) गरेका थिए।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

एजेन्सी– जर्मन क्लब बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनसँग ३–२ गोलअन्तरले पछि पर्यो। घरेलु मैदानमा सम्पन्न पहिलो लेगको खेलमा २–१ ले अगाडि रहेको डर्टमन्डले दोस्रो लेगमा भने २ गोलको हार सामना गर्नुपरेको थियो।

पहिलो लेगमा एर्लिङ ब्रुट हाल्यान्डले दुई गोल गर्दै डर्टमन्डलाई जिताएका थिए। गोलसँगै उनले मेडिटेसन (योग सेलिब्रेसन) गरेका थिए।

उनी गोल गरेपछि घुँडामा हात राखेर योग गर्छन्। यो उनको गोल सेलिब्रेसन गर्ने तरिका हो।

तर दोस्रो लेगमा उनले गोल गर्न सकेनन्। गोल सेलिब्रेसन पनि गर्न पाएनन्। यसै कुरालाई आधार बनाएर च्याम्पियन्स लिगको उक्त खेलमा नेयमार र उनका साथीले हाल्यान्डलाई जिस्क्याए।

३–२ ले खेल जितेसँगै पीएसजीका नेयमार र उनका साथीहरुले हाल्यान्डलाई उनकै योगाशन गरेर व्यङ्ग्यात्मक जवाफ फर्काएका थिए।

उनले पार्क डेस प्रिन्सेसको त्यो क्षणलाई सम्झँदै आफू कतिपनि विचलित नभएको बताएका छन्। तर नेयमारका साथीहरुले त्यो कामयले उनको गोल सेलिब्रेसन धेरै मानिसले चिनेको बताएका छन्।

उनी भन्छन्, ‘म उनीहरुलाई धन्यवाद दिन्छु। उनीहरुले मलाई योग गर्न हौसला दिएका छन्। र, उनीहरुको सहायताले विश्वले मेडिटेसन महत्वपूर्ण कुरा भएको बुझेको छ। त्यसैले म नेयमारलगायतका सबैलाई धन्यवाद दिन चाहन्छु।’

उनले आफ्नो सफलताको राज खोल्दै भने, ‘योगाशनका साथै म धेरै हाँस्ने गर्छु। मेरो प्रदर्शनले पनि मलाई मस्कुराइरहनका लागि मद्दत गरेको छ। हिजो भन्दा आज धैरै राम्रो गर्ने भोकले नै म यहाँसम्म आइपुग्न सफल भएको हुँ।’

प्रकाशित: May 01, 2020| 17:21 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।