शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई जना कोरोना संक्रमित थपिए, एक जना विदेशबाट आएका हुन्

दुई जना कोरोना संक्रमित थपिए, एक जना विदेशबाट आएका हुन्

नेपालमा कोरोना भाइरसका दुईजना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

नेपालमा कोरोना भाइरसका दुई जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुई जनामा कोरोना पुष्टि भएको हो।

संक्रमित दुवैजना प्रदेश नं. ५ का हुन्। रुपन्देहीका २५ वर्षिय युवा र नेपालगन्जका ६० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

उनीहरुमध्ये एक जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो। अर्काको नेपालगञ्‍जस्थित ल्याबमै गरिएको पीसीआर परीक्षणमा कोरोना देखिएको हो।

उनीहरु दुईमध्ये एक जना विदेशबाट आएको खुलेको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन्। उपचाररत संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: May 01, 2020| 14:28 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।