शनिबार, भदौ ६, २०८३

चिनियाँ राजदूत यान्छी र नेकपा नेताहरुबीच भेटवार्ता

नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले नेकपा नेताहरुसँग भेटवार्ता गरेकी छन् ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

काठमाडौं-  नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले नेकपा नेताहरुसँग भेटवार्ता गरेकी छन्।

राजदूत यान्छीले शुक्रबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग भेटवार्ता गरेकी हुन्।

दाहालसँग उनकै निवास खुमलटारमा भएको भेटमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

दाहाललाई भेटेपछि राजदूत यान्छीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि नेपाल निवास कोटेश्वर पुगेर भेट गरेकी छन्।

नेकपा विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपाल र यान्छीबीच दुई देशबीचको सम्बन्धबारे छलफल भएको नेपालको सचिवालयले जनाएको छ।

भिडियो संवाद

अमेरिका र युरोपेली देशहरुले कोरोना महामारी फैलाएको आरोप लगाउँदै चीनको आलोचना गर्न थालेपछि चीनले विभिन्न देशसँग संवाद तीव्र पारेको छ ।

बुधवार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ् ताओसहतिका प्रतिनिधिमण्डल र नेकपा विदेश विभाग प्रमुख माधव कुमार नेपाल सहितका प्रतिनिधिमण्डलबीच तीन घण्टा भिडियो कन्फरेन्स भएको थियो ।

दुई देशका नेताहरुबीच कोरोना महामारी र यसमाथिको राजनीतिकरणबारे छलफल भएको थियो ।

पश्चिमा मुलुकहरुले महामारीका लागि चीनमाथि दोषारोपण गरेको भन्दै चिनियाँ नेताले यसविरुद्ध विश्वव्यापी मत निर्माणको प्रयास थालेका छन्।

प्रकाशित: May 01, 2020| 13:50 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।