शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकार पाल्पालीको पीडा : दुवै मिर्गौला फेल, त्यसमाथि हड्डी पनि प्रत्यारोपण गर्नुपर्ने

पत्रकार पाल्पालीको पीडा : दुवै मिर्गौला फेल, त्यसमाथि हड्डी पनि प्रत्यारोपण गर्नुपर्ने

औषधि र खाद्यान्नको अभावले मिर्गौलापीडित पत्रकार विजयकुमार पोखरेल (बीके पाल्पाली) को परिवार आर्थिक सङ्कटमा परेको छ । शुरुदेखि नै आर्थिक सङ्कट झेल्दै आएका पाल्पालीको परिवारलाई कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनले थप समस्यामा पारेको हो ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

औषधि र खाद्यान्नको अभावले मिर्गौलापीडित पत्रकार विजयकुमार पोखरेल (बीके पाल्पाली) को परिवार आर्थिक सङ्कटमा परेको छ । शुरुदेखि नै आर्थिक सङ्कट झेल्दै आएका पाल्पालीको परिवारलाई कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनले थप समस्यामा पारेको हो ।

यसअघि दैनिक काममा गएर जसोतसो समस्या टार्दै आएकी पाल्पालीका पत्नी रेणुका भट्टराई अहिले काममासमेत जान नपाउँदा पत्रकार पाल्पालीको उपचारमा आर्थिक सङ्कट पर्नुका साथै घरमा खाद्यान्नको समस्या भएको बताउँछिन्।

उनले भनिन्, “शुरुदेखि नै समस्या झेल्दै आएको सबैलाई थाहै छ । अहिले त लकडाउनले थप समस्या पारेको छ । श्रीमान्को लागि दैनिक आवश्यक पर्ने औषधिसमेत छैन । न खानेकुरा नै छ । एकातिर श्रीमान्लाई औषधि खुवाउन नपाउनुको पीडा, अर्को खाद्यान्न नहुँदाको पीडा । त्यसमाथि पनि आफैं मधुमेहको रोगी भइयो । श्रीमानलाई कसरी बचाउँनुजस्तो भयो ।”

लकडाउन अघिसम्म आफूले जसोतसो पाल्पालीको उपचार र घर खर्च जुटाउँदै आए पनि लकडाउन लम्बिएपछि औषधि पनि सकिएको र खर्च पनि सकिएको सकिएको उनको भनाइ छ । उनले भनिन्, “हामी निकै सङ्कटमा परेका छौँ । कसरी औषधि ल्याउने, कसरी बालबच्चा पाल्ने, पढाउने, पत्रकार तथा साहित्यकार पाल्पालीको जीवनरक्षाका लागि सहयोग गरिदिन म आह्वान गर्दछु ।”

नेपाल बोर्डर साप्ताहिकका प्रकाशक तथा सम्पादकसमेत रहेका पत्रकार तथा साहित्यकार पाल्पाली विसं २०७० मा दुवै मिर्गौला फेल भएपछि थलिएका छन्। काठमाडौँको महाराजगञ्जमा उपचार सम्भव नभएपछि उनलाई भारत लगेर मेदान्त अस्पतालमा उपचार गराउँदा नै मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएको थियो । आफूले मिर्गौला दिन तयार भए पनि मधुमेह भएको थाहा पाएपछि नमिलेको पाल्पालीकी पत्नी भट्टराई बताउँछिन्।

एक छोरी र एक छोराका पिता ४५ वर्षीय पाल्पालीको पुर्ख्यौली थलो पाल्पाको विकट सोमादी–२ छहरा हो। जस्ताको टहराको एउटा कोठाको खाट नै अहिले पत्रकार पाल्पालीको संसार भएको छ । मिर्गौलाको उपचार गर्दागर्दै कम्मरको हड्डी खिइएपछि चिकित्सकले पाल्पालीको कम्मरको हड्डीसमेत प्रत्यारोपण गर्नुपर्ने बताएपछि थप समस्या रहेको श्रीमती भट्टराई बताउँछिन्। मिर्गौला फेर्न नसकिएको बेलामा कम्मरको हड्डी प्रत्यारोपण गर्ने कुरा त टाढा भइसक्यो उनका लागि ।

कानुनमा स्नातक गरेर अधिवक्ताको कामसमेत गरेका पाल्पालीको मिर्गौला रोगबाट थलिएपछि आर्थिक समस्या झेल्दै आएको छ । भारत पुगेर उपचारपछि नेपाल आएको पाल्पालीको परिवार विसं २०७२ को भूकम्पसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा जग्गा भाडामा लिएर त्यही जग्गामा जस्ताको टहरा बनाएर अहिले पाल्पालीको घरपरिवार बस्दै आएको छ ।

पाल्पालीलाई अहिले सातामा तीन दिन डाइलोसिस गर्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार सिएपीडी विधिअनुसार उनको जस्ताको टहरामै डाइलासिस हुँदै आएको छ तर लकडाउनको कारण सिएपीडी डाइलासिस गर्ने औषधि अभाव भएकाले समस्या थपिएको भट्टराई बताउँछिन्। उनका अनुसार पाल्पालीको उपचार तथा पोषण र घर व्यवहार धान्न मासिक कम्तीमा रु. २२ हजार खर्च हुँदै आएको छ।

उनले भनिन्, “म सबै पत्रकारदेखि दातासम्मलाई आग्रह गर्दछु, पत्रकार पाल्पाली जीवनमरणको दोसाँधमा छन् । छोराछोरी भोकै बस्नुपर्ने अवस्था आएको छ । पत्रकार पाल्पाली र उनका घरपरिवारको जीवनरक्षाका लागि सहयोग गरिदिनुस् ।” पत्रकार तथा साहित्यकार पनि देशका गहना हुन् उनीहरुको समस्याका लागि पनि सरकारको दायित्व हुन्छ भन्ने बुझेर सरकारले उनीहरुका उपचारको व्यवस्था गरिदिनुपर्ने पत्रकारहरु बताउँछन् ।

रासस

प्रकाशित: May 01, 2020| 13:26 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।