शनिबार, भदौ ६, २०८३

रोल्पा घटनाको अनुसन्धान थाल्न कांग्रेसको माग

नेपाली कांग्रेसले रोल्पा बम परी ४ बालबालिकाको मृत्यु भएको घटनामा अनुसन्धान थाल्न माग गरेको छ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

काठमाडौं - नेपाली कांग्रेसले रोल्पा बम परी ४ बालबालिकाको मृत्यु भएको घटनामा अनुसन्धान थाल्न माग गरेको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेसले एक मात्रै पनि निर्दोष नागरिकको मृत्यु सामान्य कुरा नभएको भन्दै घटनाको अनुसन्धान थाल्न माग गरेको हो। ‘एक मात्रै पनि निर्दोष नागरिकको मृत्यु सामान्य कुरा होइन। त्यसमा पनि ४ नाबालकको बिस्फोटमा मृत्यु हृदयविदारक छ। नेपाली कांग्रेस यो घटनाको गहिरो अनुसन्धान गर्न सरकार समक्ष माग गर्दछ।’, विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले जिल्लाको त्रीवेणी गाउँपालिकामा बम बिस्फोटमा परी ४ अबोध बालबालिका (११ वर्षीय विमला खत्री, ५ वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगी) को मृत्यु भएको घटनाले नेपाली कांग्रेस संगै सिंगो देश मर्माहत भएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ,‘द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बाँकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ। यसले हिंसाबाट समाधान खोज्न चाहने सबै थरिलाई हृदय देखि गम्भीर र आत्मालोचित बनाउने अपेक्षा छ।’

कांग्रेसले बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिकको जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: May 01, 2020| 13:21 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।