मंगलबार, असार ३०, २०८३

मेयरको टाउको दुखाइ बन्नसक्छ लिभरपुलको विजयोत्सव

एजेन्सी– प्रिमियर लिग पुनः सुरु हुने चर्चा खेल बजारमा चलिरहेको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण मार्च १३ बाट स्थगित भएको लिग आउँदो जुन १ बाट फर्काउने आशा गरिएको छ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

एजेन्सी– प्रिमियर लिग पुनः सुरु हुने चर्चा खेल बजारमा चलिरहेको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण मार्च १३ बाट स्थगित भएको लिग आउँदो जुन १ बाट फर्काउने आशा गरिएको छ।

तर लिभरपुलका मेयर जोए एन्डरसनले खेलका कारण आफूलाई डर लागेको बताएका छन्। उनले लिभरपुलले खेल जिते उसका फ्यान बाहिर आउनमा कसैले रोक्न नसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

मार्च १३ मा खेल स्थगित हुँदा लिभरपुल उपाधिभन्दा दुई जित टाढा थियो। विगत ३० वर्षबाट क्लबले लिग उपाधि जितको छैन। त्यस्तै गत साल पनि म्यान्चेस्टर सिटी भन्दा एक अंकले पछि परेर लिभरपुल उपाधिबाट बञ्चित हुनुपरेको थियो।

लामो समय अविजित रहेको लिभरपुलले दुई खेल जितेमा उपाधि विजेता हुन्छ। त्यसैले लिभरपुलका फ्यानलाई विजय उत्सव मनाउँनबाट रोक्न साह्रो हुने मेयर एन्डरसनले बताएका छन्।

एन्डरसनले बीबीसीसँग भने, ‘खेल बन्द रंगशालामा गराइने छ। तर समर्थकलाई रोक्नका लागि त्यो पर्याप्त होइन। उनीहरु जसरी पनि बाहिर जम्मा भइहाल्छन्।’ उनले लामो समयको प्रतिक्षमा विजेता बन्दा क्लब समर्थकले सामाजिक दुरी विर्सिने र उत्सब मनाउने कुरामा जोड दिएका छन्।

प्रिमियर लिगमा न्युट्रल भेन्यूमा खेल गराउने कुराहरु पनि आइरहेका छन्। यदि यस्तो भएमा सुरक्षित ठाउँमा खेल हुने छ। मेयर एन्डरसनले यसले सबै कुरा समाधान नगर्ने बताए। भने, ‘खेल जहाँ भए पनि एनिफिल्डले चुम्बकको काम गर्छ। खेलाडी नभए पनि मानिसहरु त्यहाँ जम्मा भएरै छोड्ने छन्।’

‘मलाई लाग्छ यदि एनिफिल्ड वरिपरी मानिस जम्मा भए भने प्रहरीका लागि पनि समाजिक दुरी कायम गराउन काम हैरानीपूर्ण हुने छ,’ उनले थपे, ‘मलाई लाग्छ सबैभन्दा उत्तम सिजनको अन्त्य गर्नु नै हो।’

तर प्रिमियर लिगले खेल गराएरै सिजन सक्ने उद्देश्यले ‘पुनः सुरु गर्ने परियोजना’ अघि सारेको छ। तर खेलाडीले भने यति महामारी प्रमुख समस्या भएकै बेलामा खेल सुरु नगर्न जोड दिएका छन्।

प्रकाशित: May 01, 2020| 12:22 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।