शनिबार, भदौ ६, २०८३

रुपन्देहीका स्थानीय तहले बाँडे ७६,२९४ जनालाई राहत

रुपन्देहीमा कोरोना भाइरसबाट प्रभावित ७६ हजार २ सय ९४ जनालाई राहत वितरण गरिएको छ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

भैरहवा- रुपन्देहीमा कोरोना भाइरसबाट प्रभावित ७६ हजार २ सय ९४ जनालाई राहत वितरण गरिएको छ।
जिल्लाको एक उपमहानगर, पाँच नगर र १० गाउँपालिकाले पालिकाभित्रका अति विपन्न, गरिब तथा मजदुरलाई चामल, आलु, दाल, नुन, सर्फ, साबुन, प्याज आदि बाँडेका हुन्। कतिपय पालिकाले चौथो चरणसम्म राहत वितरण गरिएको जनाएका छन्।

सिद्धार्थनगर भैरहवाले ६ हजार८ सय ५ जनालाई एक महिनासम्म खाना पुग्नेगरी राहत बाँडेको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए।

देवदह नगरपालिकाले ४ हजार ६ सय ९२ जनालाई खाद्यान्न सामग्री प्रदान गरेको छ । नगर प्रमुख हीराबहादुर केसीले भने, ‘हामीले दुई चरणको बाँडिसक्यौं। लकडाउन लम्बिएसँगै राहत लिने पनि थपिएका छन्।’

मर्चवारको समरीमाई गाउँपालिकाले ७ हजार ६ सय जना विपन्न मजदुरलाई १५ दिन पुग्ने गरी खाद्यान्न सहयोग गरेको छ। सहयोग घरघरमै गएर सहयोग गरिएको गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) ले बताए।

रोहिणी गाउँपालिकाले १ हजार ४ सय ५० जनालाई १५ दिन पुग्ने खाद्यान्न सामग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले बताए ।

गैडहवा गाउँपालिकाका अध्यक्ष बछुलाल केवटका अनुसार पहिलो चरणमा ३ हजार ३ सय ८० जनालाई खाद्यान्न सहयोग गरिसकेको छ।

कञ्चन गाउँपालिकाले पहिलो र दोस्रो चरण गरेर १ हजार ९ सय २२ जनालाई खाद्यान्न सामग्री उपलब्ध गराएको गाउँपालिका अध्यक्ष गोकर्ण क्षेत्रीले बताए ।

तिलोत्तमा नगरपालिकाले ३ हजार ३ सय घरपरिवारलाई खाद्यान्न सहयोग गरेको नगरमा यतिबेला तेस्रो चरणको कार्यक्रम चलिरहेको उपमेयर जागेश्वरी चौधरीले बताइन्।

यस्तै मर्चवारी गाउँपालिकाले ८ हजार ३ सय घरधुरीलाई राहत वितरण गरेको पालिकाका अध्यक्ष केशवनन्द बानियाले बताए । उनले भने, ‘हामीले पहिलो चरणमै काम गरिरहेका छौं। यो सकिएपछि फेरि छिटपुट हेर्छौं।’

सैनामैना नगरपालिकामा पनि दोस्रो चरणको राहत वितरण कार्यक्रम चलिरहेको छ । नगर प्रमुख चित्र बहादुर केसीका अनुसार पहिलो चरणमा २ हजार ८ घरधुरी र दोस्रो चरणमा २ हजार ३ सय घरधुरीलाई राहत वितरण गरिसकेको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा अहिलेसम्म ५ हजार ९ सय ३३ जनालाई राहत वितरण गरिसकेको नगर प्रमुख मनमोहन चौधरीले बताए। चौधरीका अनुसार राहत लिनेमा नगरभित्र बसोबास गर्ने केही भारतीय नागरिक पनि छन्।

ओमसतिया गाउँपालिकामा अहिलेसम्म २ हजार १ सय ७० जनालाई राहत वितरण गरिसकेको पालिका अध्यक्ष हीरा केवटले बताए।

सियारी गाउँपालिकामा पहिलो चरणमा ८ सय जनालाई राहत वितरण गरिसकेको र दोस्रो चरणको कार्यक्रम चलिरहेको गाउँपालिका उपाध्यक्ष अमृता गुरुंगले बताइन्।

जिल्लाको एक मात्र उपमहानगरपालिका बुटवलमा चौथो चरणको राहत वितरण कार्यक्रम चलिरहेको छ। उपमहानगरको उपप्रमुख गोमादेवी आचर्यका अनुसार पहिलो चरणमा ५ हजार घरधुरी, दोस्रो चरणमा ६ हजार ५ सय र त्यसपछि तेस्रो चरणमा ७ हजार ६ सय र चौथो चरणमा चरणमा १० हजार ३ सय ७५ घरधुरीलाई राहत वितरण गरिएकाे छ।

शुद्धोधन गाउँपालिकामा ९ सय २५ घरधुरीले राहत पाएका छन्। दोस्रो चरणमा वडा तहमा तथ्यांक संकलन भइरहेको पालिकाका प्रवक्ता राजेन्द्र कँडेलले बताए।

मायादेवी गाउँपालिका अध्यक्ष धुव्रनारायण चौधरीका अनुसार ३ हजार ४ सय ४२ जनालाई राहत वितरण भइसकेको छ।
कोटहीमाई गाउँपालिका अध्यक्ष चन्द्रभूषण यादवका अनुसार अहिलेसम्म ५ हजार घरधुरीलाई राहत वितरण गरिएको छ।

मर्चवार क्षेत्रमा राहत वितरण व्यवस्थित नभएको जिल्ला समन्वय समितिले रुपन्देही प्रमुख एकराज विश्वकर्माले बताए। उनले भने, ‘सबै पालिकाले राहत वितरण गरिसकेका छन् तर मर्चवारका केही पालिकामा आफूखुसी बाँडेको देखियो। व्यवस्थित बनाउन निर्देशन दिएका छौं।’

प्रकाशित: May 01, 2020| 11:39 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।