शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, लकडाउनले औपचारिक कार्यक्रम नहुने

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, लकडाउनले औपचारिक कार्यक्रम नहुने

आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस। यसअघिका वर्ष श्रमिक दिवसमा विभिन्न कार्यक्रम मनाइने गरिए पनि यस वर्ष भने कोरोना भाइरस रोग (कोभिड–१९)को महामारीका कारण कुनै औपचारिक कार्यक्रम नहुने भएका छन्।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

काठमाडौं– आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस।

यसअघिका वर्ष श्रमिक दिवसमा विभिन्न कार्यक्रम मनाइने गरिए पनि यस वर्ष भने कोरोना भाइरस रोग (कोभिड–१९)को महामारीका कारण कुनै औपचारिक कार्यक्रम नहुने भएका छन्।

कोरोना महामारीका कारण नेपाल, भारतलगायत विश्वभरका अधिकांश देशमा लकडाउन गरिएको छ। लकडाउनले विकास निर्माणका कामसँगै उद्योग, व्यवसाय र कलकारखाना बन्द छन्। जसका कारण मजदूरलगायत आम मानिसको जीवन असहज बनेको छ।

सन् १८८६ मा अमेरिकाको सिकागो भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो। उक्त आन्दोलनले ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’को नारा तय गरेको थियो।

सन् १८८९ मा फ्रान्सको प्यारिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्वभर श्रमिक दिवस मनाउने निर्णय गरेको थियो। त्यसको एक वर्षपछि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो।

नेपालमा भने ७० वर्षअघि (२००७ साल) विराटनगरमा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो।

प्रकाशित: May 01, 2020| 10:29 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।