शनिबार, भदौ ६, २०८३

कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार

कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षलाई लक्षित गरी गोली प्रहार भएको छ ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

कपिलवस्तु- कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानलाई लक्षित गरी गोली प्रहार भएको छ।

वडाध्यक्ष सहाबुद्दिनलाई बिहीबार राति दुई अपरिचित व्यक्तिले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुतेका मुसलमानमाथि राति करिब १ बजे चार राउण्ड गोली प्रहार भए पनि उनलाई नलागेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लि‍एको छ।

स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो ।

प्रकाशित: May 01, 2020| 10:10 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।