शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढी : कोरोना संक्रमित महिलाको छैटौं रिपोर्ट पनि पोजेटिभ

धनगढी : कोरोना संक्रमित महिलाको छैटौं रिपोर्ट पनि पोजेटिभ

कोरोना भाइरस (कोभिड–१९) बाट स्थानीय स्तरमा पहिलोपटक संक्रमित धनगढीकी महिलाको छैटौं स्वाब परीक्षण (पीसीआर) रिपोर्ट पनि पोजेटिभ आएको छ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

धनगढी– कोरोना भाइरस (कोभिड–१९) बाट स्थानीय स्तरमा पहिलोपटक संक्रमित धनगढीकी महिलाको छैटौं स्वाब परीक्षण (पीसीआर) रिपोर्ट पनि पोजेटिभ आएको छ।

सेती प्रादेशिक अस्पताल, धनगढीको आइसोलेसनमा उपचाररत धनगढीकी ३४ वर्षीया महिलाको छैटौं रिपोर्ट  पोजेटिभ आएको अस्पतालले जनाएको हो।

दुबईबाट फर्किएका संक्रमित देवरबाट उनलाई कोरोना सरेको हो। देवर भने निको भएर घर फर्किसेका छन्। ती महिलालाई चैत २२ गते कोरोना पुष्टि भएको थियो।  उनका देवर चैत ११ गते अस्पताल भर्ना भइसकेका थिए।

अस्पतालका अनुसार संक्रमित महिलाको अवस्था सामान्य छ, उनमा कोराना संक्रमणको बाह्य लक्षण केही पनि छैन।

हालसम्म सुदूरपश्चिममा उपचाररत कोरोना संक्रमितमध्ये उनी मात्र एक्ली हुन्। बाँकी सबै निको भएर घर फर्किसकेका छन्।

प्रकाशित: May 01, 2020| 09:40 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।