मंगलबार, असार ३०, २०८३

‘दि हन्ड्रेड’ क्रिकेट प्रतियोगिता स्थगित

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने पहिलो संस्करणको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता एक वर्षसम्मका लागि स्थगित गरिएको छ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने पहिलो संस्करणको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता एक वर्षसम्मका लागि स्थगित गरिएको छ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस रोग (कोभिड–१९)का कारण प्रतियोगिता स्थगित गरिएको आयोजकले बताएको हो।

प्रतियोगिता यहि वर्ष जुलाई १७ बाट ओभल रंगशालामा सुरु हुने तय भएको थियो। तर, जुलाई १ सम्मका लागि इंग्ल्यान्डमा क्रिकेट प्रतियोगितामा बन्देज गरिएको छ। यस्तो अवस्थामा बुधबार बसेको इंग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी)को बैठकले खेल स्थगन गर्ने निर्णय गरेको थियो।

नयाँ स्वरूपको प्रतियोगितामा विश्वका दिग्गज क्रिकेटरको उपस्थिति गराई धेरै दर्शक जम्मा गर्ने बोर्डको लक्ष्य थियो। तर, सामाजिक दुरी राखेर हिँड्नुपर्ने महामारीको अवस्थामा विभिन्न देशबाट खेलाडी आउजाउ गर्न असम्भव छ।

“एकै खेलमा धेरै दर्शक तान्ने प्रतियोगिताको लक्ष्यलाई बन्द रंगशाला भित्रको प्रतियोगिताद्वारा सम्भव देखिँदैन,” बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतियोगितामा नेपालका सन्दीप लामिछाने पनि सहभागी हुने भएका थिए।

इन्डिपेन्डेन्ट

प्रकाशित: May 01, 2020| 08:41 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।