काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या १ हजार १ सय ५४ पुगेको छ ।
पछिल्लो २४ घण्टा अर्थात बिहीबार मात्रै कोरोनाबाट ७५ जनाको मृत्यु भएको छ । यसअघि बुधबार ७१, मंगलबार ६९, सोमबार ५८, आइतबार ५६, शनिबार ४५ र शुक्रबार ५९ जनाको मृत्यु भएको थियो ।
दिनहुँ कोरोनाबाट मृत्यु हुने संख्या बढिराखेको भारतमा पछिल्लो एक हप्तामा मात्रै ४ सय ३३ जनाले ज्यान गुमाएका छन् । मृतकको संख्या दिनहुँ बढ्न थालेपछि भारतका स्वास्थ्य विज्ञहरु चिन्तित देखिन थालेका छन् ।
भारतको महाराष्ट्रमा सबैभन्दा धेरैको मृत्यु भएको छ । जहाँ अलिहेसम्म ४ सय ५९ जनाको मृत्यु भएको छ भने गुजरातमा २ सय १४, मध्य प्रदेशमा १ सय ३७, दिल्लीमा ५९, राजस्थानमा ५८ जनाको ज्यान गएको छ ।
यस्तै भारतमा अहिलेसम्म कोरोनाबाट ३४ हजार ८ सय ६३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा अर्थात बिहीबार मात्रै १ हजार ८ सय १ जना नयाँ संक्रमित थपिएका छन् ।
बुधबार १ हजार ७ सय ३८, मंगलबार १ हजार ८ सय ७३, सोमबार १ हजार ५ सय ६१, आइतबार १ हजार ६ सय ७, शनिबार १ हजार ८ सय ३६ र शुक्रबार १ हजार ४ सय ८ जना संक्रमित थपिएका थिए ।