शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बहराइनमा १५७ नेपाली कोरोना संक्रमित, एकैपटक ३१ जनामा देखियो संक्रमण

बहराइनमा १५७ नेपाली कोरोना संक्रमित, एकैपटक ३१ जनामा देखियो संक्रमण

बहराइनमा १ सय ५७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकै पटक ३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या १ सय ५७ पुगेको
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

काठमाडौं- बहराइनमा १ सय ५७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

एकै पटक ३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या १ सय ५७ पुगेको बहराइनमा रहेको नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ– यसअघि १ सय २६ जना संक्रमित थिए । ३१ जना थपिएसँगै संक्रमितको संख्या १ सय ५७ पुगेको छ ।

हालसम्म बहराइनमा १ हजार ५ सय ३४ जना संक्रमित भेटिएका छन् भने ८ जनाको मृत्यु भएको छ । कोरोनाबाट बहराइनमा कुनै पनि नेपालीको भने मृत्यु भएको छैन् ।

बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाइ छ।

यस्तै, दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ।

समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिने र समस्या समाधानका लागि सहजीकरण गर्न समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न लागिएको दूतावासले जनाएको छ।

प्रकाशित: May 01, 2020| 06:53 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।