बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ४१ जनालाई प्रहरीमा जागिर लगाएको दाबी गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

४१ जनालाई प्रहरीमा जागिर लगाएको दाबी गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

आफ्नो पहलमा ४१ जनालाई प्रहरीमा जागिर लगाइदिएको दाबी गर्ने नेविसंघका एक कार्यकर्ता पक्राउ परेका छन्।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं– आफ्नो पहलमा ४१ जनालाई प्रहरीमा जागिर लगाइदिएको दाबी गर्ने नेविसंघका एक कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्युठानको ऐरावती गाउँपालिका–१ दाङबाङका नरेन्द्र गुरुङ छन्।

उनले नेपाली कांग्रेस प्युठानका उपसभापति बद्री लम्सालको सिफारिसमा गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीमा नाम निकालिदिएको दाबी गरेका थिए। गुरुङले आफ्नो व्यक्तिगत पहलपछि र नेपाली कांग्रेस प्युठानका उपसभापति बद्री लम्सालसमेतको सिफारिसमा प्युठानका ४१ जनाले प्रहरीमा नाम निकालेको सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

सामाजिक सञ्जालमा गुरुङले नाम निकाल्न सहयोग गरेकोमा गृहमन्त्री बालकृष्ण खाँणलाई ‘धन्यवाद’ दिँदै नाम निकाल्नेको सूची समेत पोस्ट गरेका थिए। गुरुङलाई प्युठान नगरपालिका–१ स्थित जुम्रीबाट पक्रेर आवश्यक अनुसन्धान सुरु गरिएको प्युठानका डीएसपी सुनिल मल्लले बताएका छन् ।

प्रकाशित: Sep 11, 2021| 13:10 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।