शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट २४ घण्टामा ८५ हजार ९ सय संक्रमित, कहाँ कतिको मृत्यु ?

कोरोनाबाट २४ घण्टामा ८५ हजार ९ सय संक्रमित, कहाँ कतिको मृत्यु ?

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै ८५ हजार ९ सय ६० जना संक्रमित भएका छन् । योसँगै अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३२ लाख ५१ हजार ९ सय २५ पुगेको छ ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै ८५ हजार ९ सय ६० जना संक्रमित भएका छन् ।

योसँगै अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३२ लाख ५१ हजार ९ सय २५ पुगेको छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म २ लाख ३२ हजार ९ सय ३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अर्थात बिहीबार मात्रै ५ हजार ८ सय जनाले ज्यान गुमाएका छन् ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा ३० हजार ८ सय २५ जना संक्रमित थपिएका छन् भने २ हजार २ सय १ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख ६८ हजार ६ सय ९६ पुगेको छ भने मृतकको संख्या ६२ हजार ९ सय ६ पुगेको छ ।

यस्तै स्पेनमा बिहीबार मात्रै २ हजार ७ सय ४० जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ६८ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ३९ हजार ६ सय ३९ पुगेको छ भने २४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७२ जना संक्रमित थपिएका छन् भने २ सय ८५ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ५ हजार ४ सय ६३ पुगेको छ भने मृतकको संख्या २७ हजार ९ सय ६७ पुगेको छ ।

यस्तै बेलायतमा बिहीबार मात्रै ६ हजार ३२ जना नयाँ संक्रमित थपिदा ६ सय ७४ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म १ लाख ७२ हजार ४ सय ७८ जना संक्रमित हुँदा २६ हजार ८ सय ४२ जनाको मृत्यु भएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ७ सय ५८ जना नयाँ संक्रमित थपिदा २ सय ८९ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६७ हजार २ सय ९९ जना संक्रमित भएका छन् भने २४ हजार ४ सय १० जनाको मृत्यु भएको छ ।

जर्मनमीमा बुधबार १ हजार ४ सय ७० मा कोरोना पुष्टि भएको छ भने १ सय ५६ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या १ लाख ६३ हजार ९ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ६ सय २३ रहेको छ ।

रुसमा संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ९८ पुगेको छ भने १ हजार ७३ जनाको मृत्यु भएको छ । यहाँ पछिल्लो २४ घण्टामा ७ हजार ९९ जना संक्रमित थपिदा १ सय १ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ३४ हजार ८ सय ६३ पुगेको छ भने मृतकको संख्या १ हजार १ सय ५४ पुगेको छ । बुधबार मात्रै भारतमा १ हजार ८ सय १ जना संक्रमित हुँदा ७५ जनाको मृत्यु भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुनै पनि नयाँ संक्रमित भेटिएको छैन् । नेपालमा कोरोना संक्रमितको संख्या ५७ छ ।
......................

प्रकाशित: May 01, 2020| 06:28 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।