शनिबार, भदौ ६, २०८३

रोल्पामा बम विस्फोट, चार बालबालिकाको मृत्यु

रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए ।

उक्त बम विस्फोटमा परी चार बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी–२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए। मृत्यु हुनेमा सातदेखि ११ वर्ष उमेरका तीन बालक र एक बालिका रहेको उनले जानकारी दिए।

घटनास्थलमा बम पनि रहेकाले डिस्फोजका लागि दहवनस्थित नेपाली सेनाको टोली घटनास्थलतर्फ आउँदै गरेको वडाध्यक्ष बुढाले जानकारी दिए। घटना भएको प्रहरीले पुष्टी गरेको छ । घटना भएको जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताए।

के कति कारणले घटना भयो केही समयपछि थाहा हुने उनले जानकारी दिए ।

रासस

प्रकाशित: Apr 30, 2020| 20:30 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।