मंगलबार, असार ३०, २०८३

घुँडा टेकेरै प्रेम प्रस्ताव राखेका थिए रोहितले

रोहित शर्मा र रितिका सजदेहको जोडी क्रिकेट जगतको सबैभन्दा चर्चित जोडीमध्ये पर्छ। रोहित ब्याटिङ गर्न जहाँ जान्छन उनको पछि रितिका हौसला बढाउन पुग्छिन्। रोहितको ब्याटिङजस्तै उनीहरुको प्रेम कहानी पनि कम रोमाञ्चक छैन।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

रोहित शर्मा र रितिका सजदेहको जोडी क्रिकेट जगतको सबैभन्दा चर्चित जोडीमध्ये पर्छ। रोहित ब्याटिङ गर्न जहाँ जान्छन उनको पछि रितिका हौसला बढाउन पुग्छिन्। रोहितको ब्याटिङजस्तै उनीहरुको प्रेम कहानी पनि कम रोमाञ्चक छैन।

रितिका पहिले रोहितको मेनेजर थिइन्। रितिका क्रिकेटर युवराज सिंहकी बहिनी हुन्। रोहितको रितिकासँग पहिलो भेट युवराजको कारण भएको थियो। त्यसबेला युवराजले रोहितलाई ठट्टा गर्दै भनेका थिए, ‘उसलाई नहेर, त्यो मेरी बहिनी हो।’ त्यसपछि रोहित र रितिका बीच भेटघाटको सिलसिला शुरु भयो र विस्तारै दुवैलाई महशुस हुँदै गयो की उनीहरु ‘मेड फर इच अदर’ हुन।

यो कपलको कहानी रोमान्स नै रोमान्सले भरिएको छ। रोहित र रितिकाको भेट कामको सिलसिलामा भएको थियो। रितिका एक स्पोर्टस् इभेन्ट मेनेजर थिइन्। उनी रोहितको क्रिकेट इन्गेजमेन्टबारे काम गरिरहेकी थिइन्। फेरि यो क्रम भेटघाट र कुराकानीमा बदलियो र उनीहरुबीच प्रेम बस्यो। त्यसपछि बिहे।

उनले रितिकालाई कसरी प्रेम प्रस्ताव राखे होलान् त? उनले रितिकालाई आफ्नो घुँडै टेकेर प्रेम प्रस्ताव राखेका थिए। उनले मुम्बईको बोरीवली स्पोर्टस क्लबमा प्रेम प्रस्ताव राखेका थिए। यो त्यही मैदान हो जहाँ रोहितले ११ वर्षको उमेरमा आफ्नो करियर शुरुआत गरेका थिए। रितिकाले रोहित को प्रपोज त्यतिबेलै स्वीकार गरेकी थिइन्।

३ जुन २०१५ मा इन्गेजमेन्ट गरेका उनीहरुले १३ डिसेम्बर २०१५ मा विवाह गरे। मुम्बईको ताज होटलमा भएको विवाहमा मुकेश अम्बानीले सानदार पार्टीको आयोजना गरेको थिए। रोहित आईपीएलमा अम्बानी मालिक रहेका मुम्बई इन्डियन्सका कप्तान हुन्।

१३ डिसेम्बर २०१८ मा रोहित शर्मा र रितिकाको घरमा छोरीको जन्म भयो। उनको नाम समायरा राखिएको छ। रोहित आफ्नो छोरीलाई हेर्नको लागि अस्ट्रेलियाविरुद्धको सिरिजको चौथो टेस्ट छोडेर भारत आएका थिए।

प्रकाशित: Apr 30, 2020| 19:19 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।