शनिबार, भदौ ६, २०८३

इजरायलमा रहेका नेपालीबारे प्रधानमन्त्रीकाे चासो

 प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा रहेका नेपालीबारे चासो लिएका छन्।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा रहेका नेपालीबारे चासो लिएका छन्। ओलीले बिहीबार इजरायलका राष्ट्रपति युर्भेन रिभ्लिनलाई टेलिफोन गरी वैदेशिक राेजगारीका लागि त्यहाँ रहेका नेपालीको अवस्थाबारे चासो लिएका हुन्।

प्रधानमन्त्री ओलीले ट्विट गर्दै आफूले इजरायलका राष्ट्रपति रिभ्लिनसँग त्यहाँ रहेका नेपालीको अवस्था बुझेको जनाएका छन्।

इजरायलका राष्ट्रपतिले त्यहाँ रहेका आफन्तबारे चिन्ता नलिन प्रधानमन्त्री ओलीलाई आश्वस्त पारेका थिए। प्रधानमन्त्रीले इजरायली राष्ट्रपतिसँग कोरोनाविरुद्ध र आर्थिक पुनरुत्थानमा मिलेर काम गर्ने विषयमा छलफल गरेका थिए।

प्रकाशित: Apr 30, 2020| 19:04 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।