आइतबार, चैत ८, २०८२

बीसीसीआईले खेलाडीको लागि आर्थिक योजना ल्याउन सक्ने

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया(बीसीसीआई)को अध्यक्ष पदमा नियुक्त हुँदा सौरभ गांगुलीले राष्ट्रिय खेलाडीको आयमा वृद्धि गर्ने बताएका थिए। तर, अहिले खेलाडीको आय मात्र होइन खेल जीवन नै अप्ठ्यारोमा परेको भारतीय सञ्चारमाध्यमले जनाइरहेका छन्।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया(बीसीसीआई)को अध्यक्ष पदमा नियुक्त हुँदा सौरभ गांगुलीले राष्ट्रिय खेलाडीको आयमा वृद्धि गर्ने बताएका थिए। तर, अहिले खेलाडीको आय मात्र होइन खेल जीवन नै अप्ठ्यारोमा परेको भारतीय सञ्चारमाध्यमले जनाइरहेका छन्।

National life

नोबेल कोरोना भाइरस (कोभिड–१९) जोखिमका कारण खेल रोकिँदा खेलाडीको आर्थिक अवस्था पनि चौपट भएको छ। महामारीको समयलाई मध्यनजर गर्दै क्रिकेट सञ्चालन महाप्रबन्धक सबा करिमले बीसीसीआईले छिट्टै खेलाडीको आयबारे निणर्य गर्ने बताएका छन्। उनले बीसीसीआईले आर्थिक योजना ल्याउने बताउँदै यसले खेलाडीलाई सहयोग पुग्ने बताए।

‘२०२०–२१ को घरेलु सिजनको सुरुवात अगष्टमा दलीप ट्रफीबाट गर्ने योजना थियो। तर, कोरोना भाइरसका कारण यो प्रतियोगिता स्थगित गरिएको छ’, करीमले भने, ‘अहिले बोर्ड हेर अनि अघि बढको स्थितिमा छ। अब मे ३ मा सकिने लकडाउनपछि सरकारको सल्लाह लिएर काम गर्ने छौं।’

उनले थपे, ‘अहिलेसम्म हामीसँग कुनै ब्याक अप प्लान छैन्। हामी धेरै भन्दा धेरै खेल खेलाउन चाहान्छौं ताकी सिजन पनि लामो होस्। तर यो सबै लकडाउन सकिएपछि मात्र सम्भव छ।’

प्रकाशित: Apr 30, 2020| 18:16 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।