शनिबार, भदौ ६, २०८३

रक्सी खाँदा महोत्तरीमा सातजनाको ज्यान गयाे

महोत्तरीको भंगहा नगरपालिकामा मदिरा सेवनबाट सातजनाको मृत्यु भएको छ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

जनकपुरधाम- महोत्तरीको भंगहा नगरपालिकामा मदिरा सेवनबाट सातजनाको मृत्यु भएको छ। मदिरा सेवनबाट पछिल्लो दुई साता अन्तरालमा नगरपालिकाको–७ मेघनाथ गोरहन्नामा सातजनाको मृत्यु भएको हो।

बिहीबार दिउँसो स्थानीय ५५ वर्षीय सिताइ महरा र बुधबार राति ३२ वर्षीय सिकिन्दर सिंहको मृत्यु भएको भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले बताए।

यसअघि मंगलबारदेखि बुधबार बिहानसम्म स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षीय गंगाराम सदाको मृत्यु भएको थियो। एक साताअघि स्थानीय ५५ वर्षीय महेन्द्र चौधरीको मृत्यु भएको थियो।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अत्यधिक मदिरा सेवनका कारण उनीहरुको मृत्यु भएको बताए। बिहीबार मृत्यु भएको एकजनाको शव पोस्टमार्टमका लागि पठाइएको बताउँदै खत्रीले पोस्टमार्टमपछि थप कुरा स्पष्ट हुने जानकारी दिए।

‘त्यहाँ अधिकांशले आफ्नै घरमा मदिरा उत्पादन गरेर सेवन गर्दा रहेछन्, मृत्यु भएका सबै अत्यधिक मदिरा सेवन गर्नेहरु हुन्,’ प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘यद्यपि जाँच हुन बाँकी छ, पोस्टमार्टमपछि यथार्थ कारण बाहिर आउँछ।’

मदिरा उत्पादन गर्ने पाँचजना पक्राउ परेका छन् भने प्रहरीले कतिपय अवैध भट्टी नष्टसमेत गरेको छ।
बुधबारसम्म मृत्यु भएकाहरुको दाहसंस्कार भइसकेको छ।

‘यसअघि मृत्यु भएका ६ जनाको पोस्टमार्टम र कोरोना परीक्षण हुन सकेन, आज मृत्यु भएको एकजनाको कोरोना जाँचसमेत गरिरहेका छौं, जाँचपछि वास्तविक कारण खुल्नेछ,’ खत्रीले भने ।

प्रकाशित: Apr 30, 2020| 17:39 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।