शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिद्धार्थनगरका स्कुलमा नतिजा राेक्न र भर्ना नलिन निर्देशन

सिद्धार्थनगरका स्कुलमा नतिजा राेक्न र भर्ना नलिन निर्देशन

सिद्धार्थ नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई नयाँ भर्ना र वार्षिक परीक्षाफल रोक्न निर्देशन दिएको छ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

भैरहवा- कोरोना भाइरस संक्रमण जोखिमका कारण सिद्धार्थ नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई नयाँ भर्ना र वार्षिक परीक्षाफल रोक्न निर्देशन दिएको छ।

नगर शिक्षा समितिको रायअनुसार उक्त निर्णय भएको नगर उपप्रमुख उमा काफ्लेले बताइन्। लकडाउन कायम भएको अवस्थामा नगरले गरेको निर्देशन उपयुक्त नै भएको प्याब्सन नेपालका उपाध्यक्ष विष्णु पन्थीले बताए। उनले भने, 'यतिबेला नयाँ भर्ना र परीक्षाफल प्रकाशन गर्दा झन् समस्या आउन सक्छ। नगरले रोक्न भनेको छ। सबै विद्यालयले रोक्नुपर्छ।'

सिद्धार्थनगरमा १७ सामुदायिक र ४६ संस्थागत विद्यालय छन्। सामाजिक विकास मन्त्रालयकाे निर्देशनअनुसार परीक्षाफल तयारी अवस्थामा राख्न र नयाँ भर्ना नगर्न परिपत्र गरिएकाे प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए।

प्रकाशित: Apr 30, 2020| 17:18 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।