शनिबार, भदौ ६, २०८३

१८५ जनामा दादुराकाे संक्रमण

अहिले झापा, सर्लाही, चितवन, काठमाडौं, ललितपुर, धादिङ र गोरखामा गरी १८५ जना दादुरा संक्रमितको उपचार भइरहेको छ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

काठमाडौं- विभिन्न सात जिल्लामा दादुराको प्रकोप देखा परेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख डा. झलक गौतमले बताएका छन्।

अहिले झापा, सर्लाही, चितवन, काठमाडौं, ललितपुर, धादिङ र गोरखामा गरी १८५ जना दादुरा संक्रमितको उपचार भइरहेको छ। संक्रमितमध्ये धादिङका दुई बालबालिकाको चैतमा मृत्यु भएको छ। दादुराको संक्रमण पुसदेखि हुन थालेको हो।

धादिङमा ६ महिनादेखि १५ वर्षसम्मका २० हजारलाई खोप दिन सुरु गरिएको छ। दादुरा संक्रमण हुनेमा ४ महिनादेखि ४० वर्षसम्मका व्यक्ति छन्।

गौतमका अनुसार सबैभन्दा बढी धादिङको बेनीघाट र गजुरीमा गरी ११३ जनामा दादुरा देखिएको छ।

महाशाखाको खोप अभियानअन्तर्गत बेनीघाट र गजुरी गाउँपालिकाका ६ महिनादेखि १५ बर्ष उमेर समूहका २० हजार बालबालिकालाई मिजल्स र रुबेलाविरुद्धको खोप दिन थालिएको छ। बुधबार सुरु भएको खोप अभियान २३ गतेसम्म चल्नेछ।

प्रकाशित: Apr 30, 2020| 17:10 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।