शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • असनको साँढेझैं मैमत्त बनेको ओलीतन्त्रले के गर्दोरहेछ हेरौं : भट्टराई

असनको साँढेझैं मैमत्त बनेको ओलीतन्त्रले के गर्दोरहेछ हेरौं : भट्टराई

राष्ट्रिय मानव अधिकार आयोगले जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवको ’अपहरण’ प्रकरणमा उजुरी दर्ता गरेलगत्तै डा बाबुराम भट्टराईले सामाजिक सञ्जालमा कडा अभिव्यक्ति दिएका छन्।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवको ’अपहरण’ प्रकरणमा उजुरी दर्ता गरेलगत्तै डा बाबुराम भट्टराईले सामाजिक सञ्जालमा कडा अभिव्यक्ति दिएका छन्।

उनले राज्यको संरक्षणमा गरिएको अपहरणकाण्डका अपराधीहरूलाई कानून बमोजिम कारबाहीको लागि आयोगमा उजुरी गरेको जानकारी दिँदै भनेका छन्, ‘कारबाहीकोनिम्ति सरकारलाई निर्देशन दिन माग गर्दै सांसद डा.सुरेन्द्र यादवद्वारा मानव अधिकार आयोगमा उजुरी! हेरौं असनको साँढे झैं मैमत्त बनेको र अरिंगाल सेनालाई सडकमा ताण्डवनृत्य निम्ति उतारेको ओलीतन्त्रले के गर्दोरहेछ!’

बिहीबार ललितपुरस्थित आयोगको कार्यालय पुगेर जसपाका नेताहरुले उजुरी दर्ता गराएका थिए। यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले उजुरी लिन अस्वीकार गरेको थियो। सरकारी वकिलको कार्यालयमा आज पनि पुनः उजुरी दर्ताको प्रयास गरिने पार्टीका नेताहरुले जनाएका छन्। सत्तारुढ नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनालको टोलीले सांसद यादवको ’अपहरण’ गरेको आरोप छ।

 

प्रकाशित: Apr 30, 2020| 15:57 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।