शनिबार, भदौ ६, २०८३

सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश

थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

काठमाडौं- थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

अग्रवालविरुद्ध परेको कालोबजारी मुद्दामा बिहीबार थुनछेक आदेश गर्दै न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश दिएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।

जगदम्बा स्टिल्सका सञ्चालक अग्रवाल गत चैत २५ गते थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए। उनले प्रयोग गर्दै आएको कुटनीतिक नम्बरको गाडीमा ६६ थान थर्मल गन बरामद भएको थियो।

महानगरीय प्रहरी परिसरले अग्रवालविरुद्ध कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी, कृत्रिम अभाव सिर्जना तथा सार्वजनिक पदको दुरुपयोग गरी चारवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो।

चीनमा ३ हजार नेपाली मूल्य पर्ने थर्मल गन अग्रवालले काठमाडौंमा १५ देखि २० हजार रुपैयाँमा बेच्दै आएकाे प्रहरीले थाहा पाएपछि आफै ग्राहक बनेर उनलाई नियन्त्रणमा लिएकाे थियाे।

अग्रवाल नेपाल उद्योग परिसंघका उपाध्यक्षसमेत हुन्। देशले दैनिक १६ घण्टा लोडसेडिङ खेपिरहेका बेला शंकर समूहको जगदम्बा स्टिलले लोडसेडिङका बेला डेडिकेटेड लाइन लिएबापतको करिब अढाई अर्ब रुपैयाँ बक्यौता विद्युत प्राधिकरणलाई तिर्न बाँकी छ।

लोडसेडिङका बेला प्राधिकरणको नेतृत्वसँग ‘सेटिङ’ मिलाएर डेडिकेटेड फिडर लिएको उनी नेतृत्वको समूहमाथि आरोप छ।

केही वर्षअघि कवाडी कच्चा पदार्थ प्रयोग गरेर गुणस्तरहिन स्टिल उत्पादन गरेको आरोपमा सरकारी निकायबाट कारबाही भोगेको जगदम्बा स्टिल नक्कली भ्याट बिल प्रकरणमा पनि जोडिएको थियो।

 

प्रकाशित: Apr 30, 2020| 15:55 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।