बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संखुवासभा हत्याकाण्ड : २६ वर्षीय कार्कीले ६ जनाको हत्या स्वीकार गरेको प्रहरी दाबी

संखुवासभा हत्याकाण्ड : २६ वर्षीय कार्कीले ६ जनाको हत्या स्वीकार गरेको प्रहरी दाबी

सङ्खुवासभाको मादी–१ खोलागाउँमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले छिमेकी एक जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं– सङ्खुवासभाको मादी–१ खोलागाउँमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले छिमेकी एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थनीय २६ वर्षीय लोकबहादुर कार्की छन्। उनी हत्या गरिएका तेजबहादुर कार्कीका नातामा भतिजा पर्छन्। कार्कीले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ। 

चोरी तथा डाँकाले घटना नगराएको निष्कर्षपछि प्रहरीले अनुसन्धानको लेन्समा आफन्त र छिमेकीलाई राखेको थियो। अनुसन्धानमा खटिएका एक सुरक्षा अधिकारीले भने, ‘बाहिरका मानिसकाे संलग्नता नभएको पुष्टि भएपछि अनुसन्धान व्यक्तिगत सम्बन्ध र छरछिमेकीतिर सोझिएको थियो।’ यसैमा लोकबहादुरलाई प्रहरीले सन्देशको घेरामा राखेर सोधपुछ गर्दा उनले हत्या स्विकारेका हुन्। 

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी लालध्वज सुवेदीले कार्कीलाई लोकबहादुरलाई सोधपुछका लागि पक्राउ गरिए पनि आइतबार मात्रै सार्वजनिक गरिने बताए। उनले भने, 'हामी अनुसन्धानकाे अत्यन्त नजिक पुगिसकेका छाैं। भाेलिसम्म सबै कुरा बाहिर लाउनेछाैं।'

यस्तै घटना अनुसन्धानका क्रममा पक्राउ परेका लोकबहादुरको घरबाट केही सबुत प्रमाणसमेत फेला परेको प्रहरी स्रोतको दाबी छ। लोकबहादुको घरभित्र रगत लागेको सर्ट र हत्यामा प्रयोग भएजस्तो देखिने रड फेला परेको हो। 

मादी–१ का वडा अध्यक्ष खेमनाथ कटुवालका अनुसार आरोपित युवक वैदेशिक रोजगारीबाट दुई वर्षपहिले फर्किएका हुन्। प्रहरीले लोकबहादुरलाई शुक्रबार बेलुका पक्राउ गरेको थियो। कटुवालले आरोपित युवाको घर र हत्या भएको घरको दूरी सय मिटर टाढा मात्रै भएको बताएका छन्। 

गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, ३२ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

प्रकाशित: Sep 11, 2021| 11:40 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।