शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ऋषि कपुरको अन्तिम संस्कार आजै, लकडाउनले गर्दा फिल्मकर्मीसमेत जान पाएनन्

ऋषि कपुरको अन्तिम संस्कार आजै, लकडाउनले गर्दा फिल्मकर्मीसमेत जान पाएनन्

आज बिहान निधन भएका बलिउड अभिनेता ऋषि कपुरको आज अपराह्न अन्तिम संस्कार हुने भएको छ। कोरोना भाइरसको संक्रमणका कारण भारतमा लकडाउन भएकाले अन्तिम संस्कारमा सामाजिक दूरी कायम गरिदिन परिवारका सदस्यले अनुरोध गरेका छन्।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

आज बिहान निधन भएका बलिउड अभिनेता ऋषि कपुरको आज अपराह्न अन्तिम संस्कार हुने भएको छ। कोरोना भाइरसको संक्रमणका कारण भारतमा लकडाउन भएकाले अन्तिम संस्कारमा सामाजिक दूरी कायम गरिदिन परिवारका सदस्यले अनुरोध गरेका छन्।

ऋषिकी छोरी रिद्दिमा दिल्लीबाट मुम्बई आएपछि उनको अन्तिम संस्कार हुने बताइएको छ। रिद्दिमालाई चार्टर्ड प्लेनबाट मुम्बई आउनका लागि प्रशासनले अनुमति दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

ऋषिको अन्तिम संस्कार मुम्बईको मुम्बइको चन्दनवाडीमा उनको अन्तिम संकार गरिनेछ। ऋषिको निधन भएको अस्पतालमा छोरा रणवीर कपुर, पत्नी नितु सिंह, नायिका आलिया भट्ट, नायक सैफअली खान, नायिका करिना कपुर, नायक अभिषेक बच्चन लगायत पुगेका छन्।

यसअघि हिजो निधन भएका अभिनेता इरफान खानको अन्तिम संस्कारमा २० जनामात्र सहभागी थिए भने गत शनिबार निधन भएकी इरफानकी आमाको अन्तिम संस्कारमा इरफान आफैं सहभागी हुन पाएका थिएनन्।

प्रकाशित: Apr 30, 2020| 15:18 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।