शनिबार, भदौ ६, २०८३

मानव अधिकार आयोगले लियो सांसद 'अपहरण'को उजुरी

जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवको 'अपहरण' प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवको 'अपहरण' प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ।

बिहीबार ललितपुरस्थित आयोगको कार्यालय पुगेर जसपाका नेताहरुले उजुरी दर्ता गराएका हुन्।

यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले उजुरी लिन अस्वीकार गरेका थिए।

सरकारी वकिलको कार्यालयमा आज पनि पुनः उजुरी दर्ताको प्रयास गरिने पार्टीका नेताहरुले जनाएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगबाट निस्केको टोली सरकारी वकिलको कार्यालय जान लागेको महासचिव केशव झाले जानकारी दिएका छन्।

सत्तारुढ नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनालको टोलीले सांसद यादवको 'अपहरण' गरेको आरोप छ।

 

प्रकाशित: Apr 30, 2020| 14:43 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।