शनिबार, भदौ ६, २०८३

तेल ट्यांकर भित्र लागुऔषध ओसार्ने पक्राउ

तेल बोक्ने ट्यांकर भित्र लुकाइ ल्याएको लागुऔषधसहित मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

काठमाडौं - तेल बोक्ने ट्यांकर भित्र लुकाइ ल्याएको लागुऔषधसहित मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ना३ख ६४६६ नम्बरको ट्यांकर चालक मकवानपुर थाहा नगरपालिका-४ का ३३ वर्षीय मानबहादुर थोकर र हेटौडा-४ का ४५ वर्षीय सेते लामा छन्।

उक्त ट्यांकटर भारतको रक्सौलबाट तेल बोकेर काठमाडौं आउँदै गरेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको टोलीले हेटौडा-१५ रातोमाटेमा चेकजाँचका क्रममा तेल निकाल्ने लकिङ्ग बक्समा लुकाएको अवस्थामा १ सय ५५ बोतल विनसिरेक्स बरामद गरेको हो।

पक्राउ परेका उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक शुशिलसिंह राठौरले जानकारी दिए।

लकडाउनको अवधिमा यसअघि अत्यावश्यक भन्दै दुध बोकेको अटो र स्कुटरबाट प्रहरीले घरेलु मदिरा बरामद गरेको थियो। मकवानपुर प्रहरीले लकडाउनका समयमा लागुऔषध कारोबार र ओसारपसार बढ्न सक्ने भन्दै लकडाउनमा गुडेका सवारीको चेकजाँचमा कडाइ गरेको जनाएको छ।

प्रकाशित: Apr 30, 2020| 13:47 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।