काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले 'ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन' विभुषणले सम्मान गर्ने निर्णय गरेको छ ।
नेपालस्थित जापानी दुतावासका अनुसार जापान सरकारले बिहिवार वरिष्ठ नेता पौडेललाई सो विभुषण प्रदान गर्ने निर्णय गरेको हो। पौडेललाई नेपाल जापान बीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा उक्त सम्मान दिइएको बताइएको छ।
पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा नेपाल-जापान संसदीय मैत्री संघ स्थापना गरेका थिए।