बुधबार, असोज २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतको पिथौरागढ क्वारेन्टाइनका १५ सय नेपालीको उद्धार जारी

भारतको पिथौरागढ क्वारेन्टाइनका १५ सय नेपालीको उद्धार जारी

भारतको पिथौरागढस्थित क्वारेन्टाइनमा रहेका एक हजार पाँच सय नेपालीको उद्धार भइरहेको छ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

धनगढी– भारतको पिथौरागढस्थित क्वारेन्टाइनमा रहेका एक हजार पाँच सय नेपालीको उद्धार भइरहेको छ।

बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाकाबाट ती नेपालीको उद्धार भइरहेको त्यहाँस्थित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्।

जिल्ला प्रशासन कार्यालय, बैतडीका सूचना अधिकारी लोकेन्द्र सिंह ऐरीले झुलाघाट नाकाबाट तीन सय ७० जनाको उद्धार गरिसकेको र केहीको उद्धार जारी रहेको जानकारी दिए। उनका अनुसार झुलाघाट नाकाबाट झन्डै नौ सय र बाँकीको धार्चुला नाकाबाट उद्धार हुनेछ।

जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सूचना अधिकारी टेक सिंह कुँवरले धार्चुला नाकाबाट दुई सय सर्वसाधारणको उद्धार भइसकेको जानकारी दिए।

उद्धार गरिएकाको कोरोना भाइरस रोग (कोभिड–१९) परीक्षण गरिने नेगीले बताए। “परीक्षण रिपोर्ट नेगेटिभ देखिए क्वारेन्टाइनमा र पोजेटिभ आए आइसोलेसनमा राखिनेछ,” उनले भने।

क्वारेन्टाइनमा राखिनेहरूको नियमित अनुगमन गरिने उनको भनाइ छ। उनका अनुसार बैतडीका प्रत्येक पालिकामा कम्तीमा सय बेड क्षमताका क्वारेन्टाइन छन्। तीमध्ये पुरचौंडी नगरपालिकामा तीन सय र डिलासैनी नगरपालिकामा दुई सय बेड क्षमताका क्वारेन्टाइन रहेको उनले जानकारी दिए।

नेगीका अनुसार ती नेपालीलाई २५ दिनअघि पिथौरागढका क्वारेन्टाइनमा राखिएको थियो।

उनका अनुसार क्वारेन्टाइनमा बैतडी, दार्चुला, बझाङ, डडेलधुरा, कैलाली, दैलेख र जाजरकोटका सर्वसाधारण रहेको नेगीले बताए।

यसअघि गत बुधबार बैतडी र दार्चुला तथा भारतको पिथौरागढका प्रमुख जिल्ला अधिकारीबीच क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश फर्काउने सहमति भएको थियो।

प्रकाशित: Apr 30, 2020| 12:34 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।