बुधबार, असोज २१, २०८३

वडाध्यक्ष र कार्यकारी अधिकृतबीच बैठकमै कुटाकुट

हुम्लाकाे सर्केगाड गाउँपालिकामा गाउँकार्यपालिकाको बैठकमा कार्यकारी अधिकृत र वडा नं ५ का अध्यक्षबीच कुटाकुट भएको छ ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

जुम्ला- हुम्लाकाे सर्केगाड गाउँपालिकामा गाउँ कार्यपालिकाको बैठकमा कार्यकारी अधिकृत र वडा नं ५ का अध्यक्षबीच कुटाकुट भएको छ ।

बजेट थपका विषयमा विवाद हुँदा वडा नं ५ का अध्यक्ष कर्णजङ्ग शाही र अधिकृत रुद्रबहादुर शाहीबीच हात हालाहाल भएको गाउँपालिका अध्यक्ष कर्ण रोकायाले जनाकारी दिए। उनका अनुसार दुबै जनालाई सामान्य चोट लागेको छ।

वडाध्यक्ष कर्णजंग शाहीले गरेको बजेट माग प्रक्रिया नमिलेको भन्दै अधिकृत रुद्रबहादुर शाहीले सम्झौता गर्न नमानेपछि विवाद सिर्जना भएको थियो।

वडाध्यक्ष शाहीले भने आफ्नो वडालाई मात्रै नियम खोजेको र अन्य वडाको सम्झौता गरेर रकम भुक्तानी गरेर कर्मचारीतन्त्र हावी गर्न खाजेको हुँदा आफूले सबै वडामा एकनास प्रक्रिया हुनुपर्ने माग गरेको बताए।

विवाद साम्य बनाउन उपाध्यक्ष जोशी धामीलाई जिम्मा लगाइएको गाउँपालिका अध्यक्ष रोकायाले जनाकारी दिए।

प्रकाशित: Apr 30, 2020| 10:19 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।