बुधबार, असोज २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पत्रकार दीपक पाठक पक्राउ

रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पत्रकार दीपक पाठक पक्राउ

प्रहरीको साइबर ब्युरोले रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पत्रकार दीपक पाठकलाई पक्राउ गरेको छ ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

काठमाडौं- प्रहरीको साइबर ब्युरोले रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पत्रकार दीपक पाठकलाई पक्राउ गरेको छ ।

झापा घर भएका पाठकलाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले नेपाल समयलाई जानकारी दिए।

यद्यपि, उनलाई किन पक्राउ गरिएको हो भन्ने विषयमा उनले विस्तृत जानकारी दिएनन्। स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहालका विषयमा लेखेको स्टाटसका आधारमा प्रहरीले उनलाइ पक्राउ गरेको हो।

उनले वैशाख ६ गते फेसबुकमा प्रचण्डले कौसीमा बसेर मासु भुट्दै गरेको फोटो हालेर उनको आलोचना गर्दै स्टाटस लेखेका थिए।

 

प्रकाशित: Apr 30, 2020| 09:46 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।