बुधबार, असोज २१, २०८३

क्वारेन्टिनमा इन्टरनेट, टिभी र पौष्टिक खानाको माग

क्वारेन्टिनमा बसेका सबैले इन्टरनेट, टिभी र पौष्टिकयुक्त खाना माग गरेपछि अध्यक्ष बस्नेतलाई हैरानी भएको छ । वर्षेनी खाद्यान्न अभाव हुने वडामा दैनिक सामान्य खानासमेत पाउन मुस्किल छ । सोही वडामा विश्व मापदण्डअनुसारको व्यवस्था खोजिएपछि जनप्रतिनिधिलाई कठिनाइ भएको छ । भौगोलिक विकटता, तोकिएका सामग्री नपाउँदा व्यवस्थापनमा समस्या भएको हो ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

बारेकोट गाउँपालिका–४ की वडाध्यक्ष सिर्जना बस्नेतलाई ५४ स्थानीयवासी रहेको वडाको क्वारेन्टिन व्यवस्थापन गर्न अहिले हम्मेहम्मे परेको छ ।

क्वारेन्टिनमा बसेका सबैले इन्टरनेट, टिभी र पौष्टिकयुक्त खाना माग गरेपछि अध्यक्ष बस्नेतलाई हैरानी भएको छ । वर्षेनी खाद्यान्न अभाव हुने वडामा दैनिक सामान्य खानासमेत पाउन मुस्किल छ । सोही वडामा विश्व मापदण्डअनुसारको व्यवस्था खोजिएपछि जनप्रतिनिधिलाई कठिनाइ भएको छ । भौगोलिक विकटता, तोकिएका सामग्री नपाउँदा व्यवस्थापनमा समस्या भएको हो ।

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले क्वारेन्टिनमा बसेका सबैले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको सुविधा खोजेपछि सो व्यवस्थापन गर्न स्थानीय सरकारलाई गाह्रो भएको बताए। मोबाइल टावरसम्म नभएको बारेकोटमा टिभी, इन्टरनेट खोजेपछि सबै जनप्रतिनिधि हैरान भएका छन् ।

क्वारेन्टिनमा बसेका सबैलाई खानासमेत पुर्याउन निकै मुस्किल भएको गाउँपालिकाले जनाएको छ । खाद्यान्न सङ्कट व्यहोरिरहेको बारेकोट गाउँपालिकामा क्वारेन्टिनमा खाद्यान्न लिनसमेत समस्या हुँदै आएको छ ।

नलगाड नगरपालिकामा ५०० भन्दा बढी मानिस बाहिरबाट आएका कारण व्यवस्थापनमा समस्या भएको छ । जिल्लामा पहिलो चरणमा ३०० र दोस्रो चरणमा २०० आरडिटी किट आएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताए। जिल्लामा दुई हजारभन्दा बढी मानिस आएका कारण सबैलाई किटको अभावमा परीक्षण गर्न सकिएको छैन । जिल्लामा अहिलेसम्म ३०० मानिसलाई मात्र द्रुत परीक्षण गरिएको छ ।

बारेकोट गाउँपालिका–१ कालिका आर्दश माविको क्वारेन्टिनमा बस्नुभएका प्रेमकला बोहोराले आफूहरुलाई कैदीको आँखाले हेरेर व्यवहार गरिएको गुनासो गरिन् ।

बारेकोट गाउँपालिकामा मात्र १६७ क्वारेन्टिनमा छन् । जनप्रतिनिधिले समेत क्वारेन्टिनको महत्व सर्वसाधारणलाई बुझाउन नसक्दा समस्या चुलिएको छ । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा पुगेर सामाजिक दूरी कायम गरेर प्रशिक्षण दिए पनि सबै गाउँमा सबै ठाउँमा सूचना प्रवाह नहुँदा बुझाइमा समस्या देखिएको छ । मिडियाको पहुँच सबै ठाउँमा नहुँदा सूचना प्रवाह हुनसकेको छैन ।

एक गाउँबाट अर्को गाउँमा जानका लागि एक दिन नै लाग्ने भएकाले सूचनार जनचेतना फैलाउन समस्या भएको प्रहरीको भनाइ छ ।

रासस

प्रकाशित: Apr 30, 2020| 09:46 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।