बुधबार, असोज २१, २०८३

अझै तीन दिन चट्याङ र हावाहुरीसहित वर्षा हुने

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण अझै तीन दिन चट्याङ र हावाहुरीसहित वर्षा हुने भएको छ । प्री मनसुन सुरुभएसँगै
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

काठमाडौं- पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण अझै तीन दिन चट्याङ र हावाहुरीसहित वर्षा हुने भएको छ ।

प्रि मनसुन सुरुभएसँगै केहि दिन यहा देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा भएको छ भने ठाउँ ठाउँमा असिना परेको छ । काठमाडौं उपत्यका लगायत मध्य पहाडी क्षेत्रमा दिनहुँ जसो वर्षा भइराखेको छ ।

आज (बिहीबार) देशभर सामान्य बदली रही केही स्थानहरुमा चट्याङ्ग, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्यान्हपछि काठमाडौं उपत्यकासहित धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

शुक्रबार र शनिबार पनि देशका अधिकांश ठाउँमा चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । मौसमविद् समिर श्रेष्ठका अनुसार अबको केहि दिन चट्याङ, असिनासहितको वर्षाले निरन्तरता पाउने छ ।

उनका अनुसार पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मौसम बद्लीएको हो ।

यस्ताे हुनेछ आगामी तीन दिनकाे माैसम

वैशाख १८ गते (विहिबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

वैशाख १९ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भू-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही अपरान्हपछि पश्चिमी र पुर्वी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा र वाकी भु-भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राराति: देशको पश्चिमी पहाडी भू-भाग तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा र वाकी भु-भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

वैशाख २० गते (शनिबार)

दिउँसोः देशको पश्चिमी पहाडी भू-भागमा मध्यान्नपछि तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशको मध्य तथा पुर्वी पहाडी भू-भाग र पश्चिमी भू-भाग सामान्य बदली तथा पुर्वी खण्डको तराइ भू-भागमा आंशिक बदली रही वाँकी अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पश्चिमी र पुर्वी पहाडी भूभागका केही स्थानहरुमा र मध्य भू-भागका एक दुइ स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित: Apr 30, 2020| 09:08 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।