नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त स्वास्थ्य समूहको (प्राविधिक) सचिव नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेको छ ।
३ महिनादेखि स्वास्थ्य समूहको सचिव पद रिक्त रहेको भन्दै संघले यसबारे मन्त्रालयको ध्यानाकर्षण गराएको हो । गत पुस अन्तिम साता स्वास्थ्य समूहकी सचिव डा. पुष्पा चौधरीको राजीनामा स्वीकृत भएदेखि स्वास्थ्यमा प्राविधिक समूहको सचिव रिक्त रहेको जनाउँदै स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले प्रेस वक्तव्यमार्फत् पदपूर्तिको लागि ध्यानाकर्षण गराएका हुन् ।
संघले यस्तो महामारीको समयमा प्राविधिक समूहको सचिव नहुँदा काम गर्न असहज भएको जनाएको छ ।