बुधबार, असोज २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चीनमा असफल भएको औषधि पुनः परीक्षण गरिँदै, सुरुवाती नतिजा सकारात्मक

चीनमा असफल भएको औषधि पुनः परीक्षण गरिँदै, सुरुवाती नतिजा सकारात्मक

कोरोना भाइरसको उपचारमा औषधिको प्रभावलाई लिएर नयाँ आशाको सञ्चार भएको छ। रेमडेसिविरको सुरुवाती परीक्षणमा सकारात्मक नतिजा आएको छ। यो औषधिको प्रयोग इबोलाका बिरामीमा पनि गरिएको थियो।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

कोरोना भाइरसको उपचारमा औषधिको प्रभावलाई लिएर नयाँ आशाको सञ्चार भएको छ। रेमडेसिविरको सुरुवाती परीक्षणमा सकारात्मक नतिजा आएको छ। यो औषधिको प्रयोग इबोलाका बिरामीमा पनि गरिएको थियो।

विश्वभरका अस्पतालमा रहेका कोरोना भाइरसका एक हजार गम्भीर बिरामीमा यो औषधि परीक्षण गरिएकोमा प्लेसिबो औषधिको तुलनामा यो औषधिले ३१ प्रतिशत बढी बिरामी ठिक भएका छन्। रेमडेसिवियर एन्टिभाइरल औषधि हो।

वैज्ञानिकहरुले यो औषधि प्रभावकारी हुने बताइरहेका छन्। जसलाई रेमडेसिवियर दिइएको छ, उनीहरुमध्ये ८ प्रतिशत बाँचेका छैनन्। यो प्रतिशत प्लेसिबोमा ११ प्रतिशत छ।

रेमडेसिवियर अमेरिकी कम्पनी गिलियडले बनाइरहेको छ। जो कोरोना भाइरसबाट गम्भीर रुपले बिरामी छन्, उनीहरुलाई यो औषधि प्रभावकारी हुन सक्ने वैज्ञानिकहरुले बताइरहेका छन्।

विश्वभरका अस्पतालमा यसको परीक्षण चलिरहेको छ। यद्यपि, चीनमा भने यसको परीक्षण असफल भएको थियो। नयाँ परीक्षण यूएस नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिज अन्तर्गत भइरहेको छ।

अमेरिकाका प्रख्यात संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले यसलाई खुसीको खबर भनेका छन्। औषधिले नै विषाणु रोक्न सक्ने उनले बताएका छन्।

लण्डनस्थित एमआरसी ट्रायल युनिटका निर्देशक महेश परमारले भनेका छन्, ‘अन्तर्राष्ट्रिय स्तरमा रेमडेसिवियरको यो पहिलो परीक्षण हो। यसको नतिजाले आशाको किरण देखाएको छ। यसको तथ्यांक तथा नतिजाको समीक्षा जारी राख्न जरुरी छ।’

बीबीसी

 

प्रकाशित: Apr 30, 2020| 08:02 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।