बुधबार, असोज २१, २०८३

'ओलीको राजीनामा मागेर राजनीतिक स्थिरता नबिथोल'

नागरिक समाजका १० जना अगुवाले प्रधानमन्त्री केपी ओलीको राजीनामा नमाग्न नेकपाका नेताहरूलाई अपिल गरेका छन्।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काठमाडौं- नागरिक समाजका १० जना अगुवाले प्रधानमन्त्री केपी ओलीको राजीनामा नमाग्न नेकपाका नेताहरूलाई अपिल गरेका छन्।

उनीहरुले बुधबार विज्ञप्ति जारी गदै कोरोना भाइरसविरुद्ध सबैले मिलेर लड्नुपर्ने बेला राजीनामा मागेर अस्थिरता सिर्जना नगर्न आग्रह गरेका हुन्। यद्यपि उनीहरुले प्रधानमन्त्री ओलीले दुई अध्यादेश जारी गरेर मुलुकको ध्यान कोरोना भाइरसबाट अन्यत्र मोडेको ठहर छ।

संविधानले स्थिर सरकारको परिकल्पना गरेको र नेकपाले बहुमत प्राप्त गरेको अवस्थामा बदर गरिएका अध्यादेशलाई मुद्दा बनाएर राजीनामा माग्न नहुने उनीहरूको धारणा छ।

'अध्यादेशलाई विवादको मुद्दा बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा उत्तिकै अप्रासंगिक विषय हो। संसद्को बजेट अधिवेशन सन्निकट रहेको बेला आगामी बजेटमार्फत नागरिक र मुलुकको हितमा कार्यक्रमहरू ल्याउनेतर्फ सबैको ध्यान हुनुपर्छ', १० जनाको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा छ, 'यस्तो बेला सरकार बदल्नेसम्मको कार्यले राजनीतिक स्थिरता मात्र बिथोल्दैन, संसदमा उपस्थित राजनीतिक दलको प्राथमिकता केवल सत्ताको जोडघटाउ मात्र रहेको गलत सन्देश प्रवाहित भई हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीप्रति नै वितृष्णा बढाउँछ।'

यसरी अपिल जारी गर्नेहरुमा डा. अर्जुन कार्की, विपिन अधिकारी, कनकमणि दीक्षित, टीका ढकाल, जयप्रकाशप्रसाद गुप्ता, रामेश्वर खनाल, डा. रेणु अधिकारी, रेम विश्वकर्मा, सूर्यराज आचार्य र सुशील प्याकुरेल छन्।

प्रकाशित: Apr 29, 2020| 21:25 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।