बुधबार, असोज २१, २०८३

नेकपा सचिवालय बैठक निष्कर्षविहीन, २० गते पुनः बस्ने

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको छ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काडमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुंगिएकाे भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा पार्टीको आन्तरिक समस्या, अध्यादेश प्रकरणपछि नेताहरूबीच बढ्दै गएकाे ध्रुवीकरण, प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुइमध्ये एक पद छाड्नुपनर्ने विषयमा छलफल भएको थियाे। स्रोतका अनुसार बैठकमा दुवै पक्षका नेताहरू आक्रामक रूपमा प्रस्तुत भएका थिए। 

बैठकमा पार्टीकाे आन्तरिक एकताकाे सुदृढीकरण, सरकारका कामकारबाही, स्थायी समितिकाे बैठकलगायत विभिन्न विषयमा गहन छलफल भएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ। उनले २० गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठककाे मिति तय र अरु निर्णय पनि गर्ने जानकारी दिए।

उनका अनुसार त्यसअघि आन्तरिक छलफल र सरसल्लाह जारी राख्ने सहमति भएकाे छ। प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले लामाे समयदेखि बैठक टार्दै आएका थिए।

अध्यादेश प्रकरणपछि प्रधानमन्त्रीकाे भूमिकालाइ लिएर नेताहरूबीच दुरी बढ्दै गएकाे छ। फलस्वरूप गत साता प्रधानमन्त्रीकाे विरुद्धमा माेर्चाबन्दी गर्नका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गाैतबीच पटकपटक सामूहिक र गुटगत भेला भएका थिए।

प्रधानमन्त्री ओलीले पनि यसबीचमा आफू निकटका नेताहरू र संघीय प्रतिनिधिसभाका सांसदहरूसँगकाे भेटलाइ बाक्लाे बनाएका थिए। नेताहरूबीच भेला र बैठक बढ्दै गएपछि प्रधानमन्त्रीका विरुद्धमा हस्ताक्षर संकलन गर्ने तयारीसमेत भएकाे थियाे। उता प्रधानमन्त्री ओलीले बुधबार सचिवालय बैठकअघि मात्र आफू निकट सांसदहरूसँग सामूहिक छलफल गरेका थिए। 

छलफल कुनै निष्कर्षमा पुग्न नसकेकाले बैठक २० वैशाखमा पुनः बस्ने गरी टुंगिएकाे वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।अध्यक्ष ओलीले नै २० गतेसम्मका लागि बैठक स्थगित गर्ने प्रस्ताव गरेका थिए। 

प्रकाशित: Apr 29, 2020| 21:24 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।