आइतबार, चैत ८, २०८२

म्याराडोनालाई फेरि ईश्वरीय वरदान !

अर्जेन्टिनी फुटबल संघ (एएफए)ले यो सिजनमा रेलिगेसनको प्रावधान नराख्ने पक्षमा भोट गरेपछि म्याराडोनाको क्लब जिम्नासिया रेलिगेसनबाट बचेको छ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

सन् १९८६ को विश्वकप फुटबलमा तत्कालीन अर्जेन्टिनी खेलाडी डियागो म्याराडोनाको हातले ‘जादु’ गर्यो। विश्वकप फुटबलमा उनले इंग्ल्यान्डविरुद्ध हातले गोल गरे।

National life

उनको गोलपछि सबैको ध्यान रेफ्रीतिर गयो। रेफ्रीले गोललाई मान्यता दिँदैनन् भन्ने दर्शकले सोचिरहेका थिए। तर, त्यस्तो भएन। रेफ्रीले गोल स्वीकार गरे। र, म्याराडोनाको टिमले एक गोल उपहारमा पायो।

उनले गोलपोस्टमा हातले गोल प्रहार गरेका थिए। जुन रेफ्रीले देखेनन्। उनको गोलसँगै क्वाटरफाइनलमा अर्जेन्टिना विजयी भयो। खेलपछि उनले ईश्वरीय मध्यस्थता (वरदान)को लागि धन्यवाद भनेका थिए।

त्यसपछि उनको त्यो हातलाई ‘ह्यान्ड अफ गड’ भन्ने थालिएको हो, जसको अर्थ ‘भगवानको हात’ भन्ने हुन्छ।

खेलाडीबाट सन्यास लिएर फुटबल प्रशिक्षक बनेका म्याराडोनालाई फेरि त्यस्तै ईश्वरीय वरदान पाएका छन्। अर्जेन्टिनी फुटबल संघ (एएफए)ले यो सिजनमा रेलिगेसनको प्रावधान नराख्ने पक्षमा भोट गरेपछि म्याराडोनाको क्लब जिम्नासिया रेलिगेसनबाट बचेको छ। कोरोना भाइरस रोग (कोभिड–१९)का कारण फुटबल स्थगित भइपछि एएफएले रेलिगेसनविरुद्ध निर्णय गरेको हो।

Laxmi sunrise bank
kumari

म्याराडोनाको क्लब जिम्नासिया लिगको रेलिगेसन जोनमा थियो। त्यसैले रेलिगेसन नगर्ने एएफएको निर्णय जिम्नासियालाई ‘न्यु हेन्ड अफ गड’ सावित भएको अर्जेन्टिनी मिडियाले टिप्पणी गरेका छन्।

उनले आफूलाई रेलिगेसनबाट बचाएकोमा संघलाई धन्यवाद दिँदै कोरोनाको महामारीलाई रोक्न पनि ठूलो दैवीशक्ति चाहिने बताएका हुन्।

“धेरै मानिसले रेलिगेसनबाट बच्नुलाई ‘न्यु ह्यान्ड’ भनेका छन्। विश्वव्यापी रूपमा फैलिएको कोरोनाको महामारीलाई रोक्न फेरि एकपटक ‘न्यु ह्यान्ड अफ गड’ चाहिएको छ,” उनले भने, “खेलाडी फेरि खेलमा फर्कन मानिस पहिले जस्तै गरी स्वस्थ हुन तथा खुसी रहन फेरि ‘न्यु ह्यान्ड अफ गड’ माग्न चाहान्छु।”

डेलिमेलबाट

प्रकाशित: Apr 29, 2020| 18:31 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।