बिहीबार, भदौ ४, २०८३

अग्रवालको थुनछेक बहस सकिएन, भोलि फेरि हुने

कालोबजारीको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भएको छ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काठमाडौं– कालोबजारीको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भएको छ।

बुधबार वादीतर्फका एकजना र प्रतिवादीतर्फका तीनजनाले बहस गरेका थिए। आज बहस नसकिएकोले भोलि निरन्तरता पाउने छ।

सरकारी वकिल कार्यालयले अग्रवालविरुद्ध मंगलबार जिल्ला अदालतमा कालोबजारी र सामाजिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको थियो।

महानगरीय प्रहरी परिसरले अग्रवालविरुद्ध कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी, कृत्रिम अभाव सिर्जना तथा सार्वजनिक पदको दुरुपयोग गरी चारवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो।

प्रहरीले अग्रवाललाई चारवटै कसुरमा १० वर्ष कैद र १५ लाख ७८ हजार रुपैयाँ जरिवाना मागदाबी गरेको छ।

 

प्रकाशित: Apr 29, 2020| 18:00 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।