बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विदेशबाट आएकालाई कोरोना परीक्षणको दायरामा आउन आग्रह

विदेशबाट आएकालाई कोरोना परीक्षणको दायरामा आउन आग्रह

सरकारले विदेशबाट आई घरमै बसेका व्यक्तिहरुलाई कोरोना परीक्षणको दायरामा आउन अपिल गरेको छ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काठमाडौं- सरकारले विदेशबाट आई घरमै बसेका व्यक्तिहरुलाई कोरोना परीक्षणको दायरामा आउन अपिल गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले परीक्षण नगराउँदा समाजलाई नै संक्रमणको जोखिम हुने भएकाले शंका लागेका व्यक्तिहरुलाई नहिचकिचाई परीक्षणको दायरामा आउन आग्रह गरेका हुन्।

उनले विदेशबाट आएका र कोरोना संक्रमणको शंका लागेका व्यक्तिहरु समाजको डरले लुकेर बसेको जानकारीमा आएको बताए। उनले भने, 'कतियप व्यक्तिहरू  कोरोना पोजेटिभ देखिएमा आफू र परिवारलाई समेत विभेद गर्छन् भन्ने डरले कोरोना परीक्षण दायरामा आएका छैनन्।' 

देवकोटाका अनुसार नेपालमा बुधबारसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरी दुवै विधिबाट परीक्षण गरिँदै आएको छ।

पीसीआरबाट ११ हजार ५ सय २४ र आरडीटीबाट ४५ हजार ६ सय ६५ नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

नेपालमा बुधबारसम्म कोरोना भाइरसबाट ५७ जना संक्रमित देखिएका छन्। देवकोटाका अनुसार आज बारा र पर्सामा गरी तीन जनामा संक्रमण पुष्टि भएको हो।

यसअघि मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले भने बारा र पर्सामा गरी चार जनामा कोरोना पुष्टि भई संक्रमितको संख्या ५८ पुगेको बताएका थिए।

प्रकाशित: Apr 29, 2020| 17:43 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।