आइतबार, चैत ८, २०८२

एन्फाले खेलकर्मीलाई सहयोग गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबलकर्मीलाई सहयोग पुर्याउने उद्देश्यले राहत तथा सहयोग समिति गठन गरेको छ। उसले आज(बुधबार) भिडियो कन्फ्रेन्स मिटिङ गर्दै समिति गठन गरेर काम अघि बढाउने बताएको हो।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबलकर्मीलाई सहयोग पुर्याउने उद्देश्यले राहत तथा सहयोग समिति गठन गरेको छ। उसले आज(बुधबार) भिडियो कन्फ्रेन्स मिटिङ गर्दै समिति गठन गरेर काम अघि बढाउने बताएको हो।

National life

कोरोना भाइरसको महामारीले नेपाली फुटबल गतिबिधि स्थगित हुँदा खेलाडी, रेफ्री, प्रशिक्षकलगायत अन्य फुटबल प्रेमीहरु प्रभावित बनेको भन्दै उसले संकटमा परेका मानिसको सूची तयार गरि सहयोग गर्नको लागि समिति बनाएको बताएको हो। एन्फाले रत्न कुमार श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको हो।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला फुटबल संघ, क,ख,ग श्रेणीका क्लब, खेलाडी, रेफ्री, प्रशिक्षक, महिला संघलगायत संकटमा परेका फुटबल कर्मीको सूची निर्धारित मापदण्ड अनुसार सचिवालयको पत्र प्राप्त भएको पाँच दिनभित्र संघको सचिवालयमा उपलब्ध गराउने र उक्त सूचीलाई आवश्यक प्रमाणीकरण गरि राहत तथा सहयोग उपलब्ध गराउने निर्णय भएको छ।’

यसअघि फिफाले आफ्ना सबै सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्ने बताइसकेको छ। सहयोगस्वरुप एन्फाले फिफाबाट ५ लाख डलर पाउने भएको छ।

प्रकाशित: Apr 29, 2020| 17:32 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।