बिहीबार, भदौ ४, २०८३

चौकीभित्रै प्रहरी जवान मृत भेटिए

कैलालीमा एक प्रहरी जवान प्रहरी कार्यालयभित्रै मृत फेला परेका छन्। २९ वर्षीय लोकेन्द्र बोहोरा प्रहरी कार्यालयभित्रै मृत फेला परेका हुन्।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

धनगढी- कैलालीमा एक प्रहरी जवान प्रहरी कार्यालयभित्रै मृत फेला परेका छन्। २९ वर्षीय लोकेन्द्र बोहोरा प्रहरी कार्यालयभित्रै मृत फेला परेका हुन्।

महोन्याल गाउँपालिका–४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान बोहोरा बुधबार बिहान मृत फेला परेको डिएसपी दक्ष बस्नेतले जानकारी दिए।

बोहोरा राति ब्यारेकमा खाना खाएर सुतेको र बिहान डिउटीका लागि उठाउन खोज्दा मृत भेटिएको प्रहरीले जनाएको छ। मृत्युबारे अनुसन्धान भइरहेको बस्नेतले बताए।

इलाका प्रहरी कार्यालय सुखडमा दरबन्दी भएका बोहरा बिगत ५ महिनादेखि खिमडीमा खटिएका थिए। बोहोराको घर अछाम हो।

प्रकाशित: Apr 29, 2020| 17:16 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।