काठमाडाैं- रोटरी क्लब अफ जाउलाखेल मञ्जुश्रीले ललितपुर महानगरपालिका १ का विपन्न र न्यून आय भएका व्यक्तिहरुलाई खाद्यान्न वितरण गरेको छ।
स्थानीय तहसँगको समन्वयमा कुपण्डोल, हनुमानस्थान, गुसिंगाल र सानेपा क्षेत्रका १ सय ७१ जनालाई राहत वितरण गरिएको क्लबकी अध्यक्ष पुनम शाहले जानकारी दिइन्। उनका अनुसार प्रत्येक व्यक्तिलाई सात केजी चामल, एक पोका नुन, एक पोका खाने तेल र एक केजी दाल वितरण गरिएको हो।
राहत वितरणमा रोटरी क्लब अफ जाउलाखेल मञ्जुश्रीकी पूर्वअध्यक्ष उर्वशी राणा, एसोसिएसन अफ सेन्ट मेरिज अलुमनाई नेपाल (आसमान) अध्यक्ष कञ्चन श्रेष्ठलगायत सहभागी थिए।
कांग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा र समाजसेवी राजेन्द्रभक्त श्रेष्ठको समन्वयनमा राहत वितरण गरिएको हो।
वडाध्यक्ष निर्मल तण्डुलकारले राहत वितरणबाट कोही पनि वञ्चित नहोस् भन्ने वडा कार्यालय सचेत रहेको बताए।