बिहीबार, भदौ ४, २०८३

युरोपमा आर्थिक संकट निम्तिन लागेपछि लकडाउन खुकुलो

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट निकै प्रभावित युरोपेली मुलुकमा लकडाउन बिस्तारै खुकुलो बनाउन थालिएकाे छ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

बर्लिन– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट निकै प्रभावित युरोपेली मुलुकमा लकडाउन बिस्तारै खुकुलो बनाउन थालिएकाे छ।

जर्मनीले बुधबारदेखि सामान किन्न पसल जाने हरेक व्यक्तिलाई मास्क लगाउन अनिवार्य गरेको छ। कोरोना महामारी खतराकै बीच आर्थिक क्षति कम गर्न पनि लकडाउन केही खुकुलो बनाउन लागिएको हो।

यही कोरोना संकटले अमेरिकामा लाखौं मानिसलाई बेरोजगार बनाएको छ। यहाँ कोरोनाका बिरामीको संख्या विश्वमै सबैभन्दा बढी छ। विश्वभर करिब २ लाख १८ हजारभन्दा बढीको मृत्यु भइसक्दा त्यसको करिब एक तिहाइ मृत्यु अमेरिकामा मात्र भएको छ।

शताब्दीमै सर्वाधिक खराब आर्थिक मन्दीको पूर्वानुमान गरिएसँगै सामानको मागमा व्यापक कमी आएको तथा यात्रा र पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ।

ब्रिटिस एयरवेजले खतराको घण्टी बजाइसकेको छ। कम्पनीले आफ्ना कर्मचारी एक तिहाइले कटौती गर्ने जनाएको छ।
लेबनानमा ठूलै आर्थिक संकटको अवस्था सिर्जना भइसकेको छ। राष्ट्रव्यापी लकडाउनको बेवास्ता गर्दै मानिस सडकमा प्रदर्शनमा उत्रिएका छन्।

फ्रान्सेली प्रधानमन्त्री एडुआर्ड फिलिपले दैनिक आर्थिक गतिविधि निकै जोखिमपूर्ण रहे पनि आम सर्वसाधारणका लागि यो बाध्यात्मक भइसकेको बताएका छन्। फ्रान्समा अर्को महिनादेखि पसल, बजार र केही विद्यालय खुला गर्ने योजना अघि सारिएको छ।  अरु केही महिनासम्म सार्वजनिक यातायात र भेटघाटका क्रममा मास्क अनिवार्य गरिएको छ।

इटाली, स्पेन र फ्रानसमा कोरोना भाइरसबाट सर्वाधिक प्रभाव परेको छ। यी हरेक मुलुकमा २३ हजारभन्दा बढीको मृत्यु भएको छ। स्पेनले अर्को दुई महिनाभित्र प्रतिबन्ध बिस्तारै खुुकुलो बनाउने जनाएको छ।

इटालीमा अर्को साताबाट मानिसलाई घरबाहिर गएर व्यक्तिगत अभ्यास गर्न तथा नातेदारसँग भेटघाट गर्न फुकुवा गरिनेछ। तर अंकमाल गर्न र हात मिलाउन निषेध गरिएको छ।

रसियादेखि नाइजेरियासम्मका मुलुकले लकडाउन खुकुलो बनाउने योजना अघि सारेका छन्। विज्ञहरुले प्रतिबन्धहरु चाँडै खुकुलो बनाउँदा भाइरस संक्रमणको दर बढ्ने चेतावनी दिइरहेका भए पनि लकडाउन खुकुलो बनाउने योजना अघि बढेका छन्।

दक्षिण अमेरिकामा ब्राजिलमा सर्वाधिक असर परेको छ। यहाँ ५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। पेरुको जेलमा भड्किएको हिंसामा नौ जना कैदीको ज्यान गएको छ।

प्रकाशित: Apr 29, 2020| 14:42 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।