काठमाडौं– अमेरिकाको भर्जिनियामा बसोबास गर्ने गैरआवासीय नेपाली महेश पन्थीको निधन भएको छ। फुटबलका पूर्वखेलाडीसमेत रहेका पन्थी फ्रेन्डस क्लबका कार्यकारी समिति सदस्यसमेत हुन्।
घटनाबारे क्लबले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, “हामीले राम्रा स्पोर्टस्मेन गुमाएका छौं। जसले जीवनभरी फुटबलमा योगदान गरे। महेश एक राम्रा फुटबल खेलाडीसँगै क्लबका कार्यकारी सदस्य पनि हुनुहुन्थ्यो। उहाँलाई भावपूर्ण श्रद्धाञ्जलीं।”
कोरोना भाइरस रोग (कोभिड–१९)बाट संक्रमित उनको मंगलबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ। पन्थीको तीन हप्तादेखि इनोभा फेयर ओक्स अस्पतालमा उपचार भइरहेको थियो।